बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

सरकार निरङ्कुशतातर्फ अघि बढेको आरोप

बुधबार, १६ पुस २०७६, १५ : २६
बुधबार, १६ पुस २०७६

काठमाडौँ । राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारीले सरकार निरङ्कुशतातर्फ अघि बढेको आरोप लगाएका छन् । 

बुधबारको राष्ट्रियसभा बैठकमा पेस भएको ‘नेपाल विशेष सेवा विधेयक २०७६’ माथि आफ्नो धारणा राख्दै उनले यस्तो आरोप लगाएका हुन् । 

राणा शासनमा सरकारको विरुद्ध कुरा गर्न डराउनुपर्ने अवस्था रहेकोमा अहिलेको सरकारले आफ्नो त्यही डर उत्पन्न गराउने अवस्थाको सिर्जना गरेको उनको आरोप छ । उनले भने, ‘राणा शासनलाई हामीले के भनेर बुझ्छौ ? त्यसलाई हामी निरङ्कुस शासन भनेर बुझ्छौँ । त्यो बेला सरकारको विरुद्ध केही कुरा हुँद भित्ताको पनि काम हुन्छ भन्ने डर हुन गर्दथ्यो भनेर बुढापाखाले भन्थे ।’

विधेयकले सोझै स्वतन्त्रता, मौलिक हक, सूचनाको हक र प्रेसको हकमाथि हमला गरेको उनको आरोप छ ।

उनले विधेयक एउटले ल्याउने र उपभोग अर्कोले गर्नेतर्फ पनि सरकारको ध्यानाकर्षण गरे । 

यस्तै राष्ट्रियसभा सदस्य धनकुमारी खतिवडाले देशले काँचुली फेर्नुपर्ने अवस्थामा मौलिक हक, स्वतन्त्रता, सूचना र गोपनीयताको हकमाथि हमला गर्दै सरकार निरङ्कुशता र तानाशाही बन्न खोजेको आरोप लगाइन् । 

राष्ट्रियसभा सदस्य कालि बहादुर मल्लले भने मौलिक हकहरुलाई खतरामा पार्न नभएर सुरक्षित गर्नका लागि विधेयक आएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप