शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भ्रमण वर्ष २०२० को भव्य उद्घाटन (फोटो फिचरसहित)

बुधबार, १६ पुस २०७६, १९ : ०१
बुधबार, १६ पुस २०७६

काठमाडौँ । नेपाल भ्रमण वर्ष २०२० को एक भव्य समारोहका बीच उद्घाटन गरिएको छ । 

दशरथ रंगशालामा आयोजित विशेष समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्षको उद्घाटन गरेकी हुन् । 

 सरकारले भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने र अवको १० वर्षलाई पर्यटन अभियानको रुपमा अगाडी बढाउने आधार वर्षको रुपमा वर्ष २०२० लाई लिएको छ ।

भ्रमण वर्षको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले पर्यटनलाई आर्थिक समृद्धिको रुपमा अंगिकार गरी भ्रमण वर्ष राष्ट्रिय अभियानको रुपमा सञ्चालन गरिएको भन्दै यसलाई सबैको सहयोगमा महाअभियानको रुपमा लिनुपर्ने बताइन् । 

 त्यसका लागि सबै नेपाली एकजुट हुनुपर्ने उनले बताइन् । उनले पर्यटन क्षेत्रको विकासका लागि योजनावद्ध कार्यक्रमहरु ल्याउन नसके सम्भव नहुने बताइन् । 

सांस्कृतिक तथा प्राकृतिक हिसाबले विविधिकरण भएकाले सबैखालका पर्यटकलाई आकर्षित गर्न सकिने उनले बताइन् । उनले संसारकै उत्कृष्ट गन्तव्य सगरमाथा, गौतमबुद्धको जन्मस्थल लुम्बिनी, चितवन, अन्नपूर्ण लागयतका उत्कृष्ट पर्यटकीय गन्तव्य रहेकोले नेपालको भ्रमण गर्न आग्रह गरिन् । 

राष्ट्रपति भण्डारीले प्रकृतिलाई विगारेर नभई सिंगारेर पर्यटकलाई आकर्षित गर्नुपर्ने बताइन् । 

पर्यटन वर्षको अभियानले विश्वमा मानवता भातृत्व तथा शान्तिप्रतिको प्रतिवद्धता उजागर गर्ने उद्देश्य राखेको समेत उनले बताइन् ।

त्यस्तै शुभारम्भ कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले समृद्ध नेपाल शुखि नेपालीको आधार नै भ्रमण वर्ष रहेको बताए । 

उनले नेपाल संसारकै एक अद्धितिय प्राकृतिक सम्पदा भएको मुलुक भएकाले भ्रमण गर्न आउन विश्व समुदायलाई आग्रह गरे । 

हाम्रो सांस्कृतिक सुन्दरता, धार्मिक केन्द्रहरुको लागि नेपाल आउने सबै सिजनमा नेपाल भ्रमण गर्न सकिने मन्त्री भट्टराईले बताए । 

विश्वका सबैभन्दा बढी उचाई भएका हिमालहरु नेपालमा रहेको गौतमबुद्धको जन्मस्थल, विभिन्न धार्मिक मठमन्दीरहरु, विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदाहरु हेर्न पनि नेपाल आउनुपर्ने बताए । 

औपचारिक उद्घाटनअघि विभिन्न संस्कृतिक पक्ष झल्काउने र्याली निकालिएको थियो भने रंगशालामा पनि आकर्षक प्रस्तुति दिइएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप