केन्द्रीय संस्करण

दिमागलाई तन्दुरुस्त राख्न परिवर्तन गर्नुपर्ने बानीहरु

person explore access_timeपुस १८, २०७६ chat_bubble_outline0

बानी व्यवहार र जीवनशैलीले मस्तिष्कको स्वास्थ्यमा प्रभाव पारिरहेको हुन्छ । हरेक दिन गर्ने विभिन्न क्रियाकलापहरु जस्तै दैनिक खाने खाना, व्यायाम, निन्द्रा आदिले प्रत्यक्ष रुपमा दिमागमा असर पारिरहेका हुन्छन् । अस्वस्थ्यकर बानीव्यवहारले अल्जाइमर, पार्किङ्सन्स जस्ता खतरनाक रोगहरु लाग्न सक्छन् । त्यसैले जीवनशैली र दैनिक जीवनयापनमा गर्ने विभिन्न क्रियाकलापमा परिवर्तन नगरि मस्तिष्कलाई स्वस्थ राख्न सकिदैन । 

त्यसैले केही यस्ता बानीहरु छन् जसलाई समयमै परिवर्तन गरेन भने तपाईंको मस्तिष्कमा ठूलो असर पुग्न सक्छ । 

ती बानीहरुः 

पैदल हिँड्ने 
जामा नेटवर्कले गरेको एक अनुसन्धानले ३० वर्ष कटेका मानिसहरुलाई दैनिक दश हजार पाइला हिँड्नुपर्ने देखाएको छ । जसले मस्तिष्कका कोशिकाहरु र रक्त नलीहरुको विकासमा सहयोग गर्ने अनुसन्धानमा उल्लेख गरिएको छ । 

सागपात
ल्यूटिन, करम र पालकको सागले मस्तिष्कलाई तन्दुरुस्त राख्न मद्दत गर्छ । यी सागहरुमा हुने पोषक तत्वले मस्तिष्कमा हुने खैरो पदार्थलाई सक्रिय गराउँछ । जसले स्मरणशक्ति बढाउँछ ।

रक्तचाप
रक्तचाप सधैँ सन्तुलनमा राख्नुपर्छ । उच्च रक्तचापले हृदयघात मात्रै होइन ‘ब्रेन स्ट्रोक’ पनि गराउँछ । त्यसैले रक्तचापको नियमित रुपमा चेकजाँच गर्ने र सधैँ सन्तुलनमा राख्ने गर्नुपर्छ ।

निन्द्रा 
निन्द्रा स्वास्थ्यको लागि महत्त्वपूर्ण कुरा हो । त्यसैले मस्तिष्कलाई स्वस्थ्य राख्नको लागि दिनमा ७ घण्टा निदाउनु जरुरी छ । भरपुर निन्द्राले मानिसलाई फेरि सक्रिय गराउँछ र स्मरण शक्ति बढाउँछ । यसले मस्तिष्कमा हुने विभिन्न प्रक्रियालाई समेत सक्रिय बनाइराख्छ । निन्द्रा पुरा नभएमा भिटा–एमिलाइडको निर्माण हुन्छ र अल्जाइमर जस्ता रोगको शिकार भइन्छ ।

जङ्क फुड
 यस्ता खाद्यपदार्थ खानबाट सधैँ बच्नुपर्छ ।  अस्वस्थकर खानेकुराको बानी लाग्यो भने यसले मस्तिष्कको कोशिकाहरुलाई नष्ट गराइदिन्छ । जङ्क फुडले मस्तिष्कमा ग्लियान कोशिकाहरुलाई सक्रिय गराउँछ । जसले दिमागका विभिन्न भागमा थोरै थोरै सुन्निने समस्या पैदा गर्न थाल्छ । 
 

रातोपाटीकोअंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...