चुनावी तालमेलका लागि काँग्रेस र समाजवादीबीच छलफल हुँदै
काठमाडौं । राष्ट्रियसभा चुनावमा गठन निर्माणका लागि आज नेपाली काँग्रेस र समाजवादी पार्टीबीच छलफल हुने भएको छ । प्रदेश २ मा हुने चारवटा सीटका लागि काँग्रेस र समाजवादी पार्टीले मिलेर उम्मेदवारी दिने यसअघि नै सहमति भइसकेको थियो । त्यसलाई अन्तिम रुपमा दिनका लागि आज काँग्रेस र समाजवादी पार्टीबीच छलफल हुन लागेको बताइएको छ । काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले दुई दलबीच आज साँझ छलफल हुने बताए ।
राष्ट्रियसभा चुनाव लगायत अन्य समसामयिक विषयमा छलफल गर्न दुई दलबीच छलफल हुन लागेको उनले बताए । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राजपा नेपालबीच राष्ट्रियसभा चुनावका लागि तालमेल भएपछि समाजवादी पार्टी काँग्रेससँग तालमेल गर्न लागेको हो । नेकपासँगको तालमेल गर्ने राजपा नेपाल र समाजवादी पार्टीबीच प्रतिस्पर्धा भएपछि राजपाले बाजी मारेको थियो ।
राष्ट्रियसभा चुनावका लागि समाजवादी पार्टीले नेकपासँग तालमेल गर्ने आन्तरिक तयारी गरेको थियो तर राजपा नेपालले बाजी मारेपछि समाजवादी पार्टी काँग्रेसतिर गएको हो । विगतमा राष्ट्रियसभा चुनावमा राजपा, समाजवादी र नेकपाबीच तालमेल थियो । तर यसपटक समाजवादी पार्टीले काँग्रेससँग नगरेर नेकपासँग तालमेल गर्न लागेको सूचना राजपा नेपालले पाएपछि राजपाले समाजवादी पार्टी र काँग्रेसलाई छाडेर नेकपासँग तालमेल गरेको हो ।
समाजवादी पार्टीले प्रदेश २ मा राष्ट्रियसभाको चुनाव जित्ने दावी गरेको छ । चुनावमा नेकपा र राजपा नेपालको मत तान्न सकिने आश्वासन काँग्रेस पार्टीलाई दिएको छ । त्यसै आधारमा दुई दलबीच तालमेल हुन लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी