कविता : भ्रमण वर्ष
-डा. अच्युतशाली घिमिरे
म मेरो देशलाई हृदयमा सजाउँछु
मातृभूमिको माटो मुटुमा सँगाल्छु
देशको प्रतिष्ठा र सौन्दर्यलाई अघि बढाउँछु
भ्रमण वर्ष सफल पार्न राज्यलाई सघाउँछु
छन् यहाँ सेतै फुलेका हिमालहरु
हरियो पछ्यौरा ओढेका पहाडहरु छन्
पहेँलो धोती फेर्ने तराई छ उस्तै
मेरो देश लाग्छ स्वर्ग जस्तै दुरुस्तै
यहाँ नदीहरुसँग किनारले साइनो गाँस्दछ
पर्यटकलाई देख्दा हिमाल मुसुक्क हाँस्दछ
यो पुण्यभूमिलाई मनको सिंहासनमा
आसिन गराउँछु
म नेपाली भएर प्रण गर्छु,
भ्रमण वर्ष सफल बनाउँछु
यो संस्कृति र सभ्यताप्रति मोह अति जाग्दछ
सुनौलो प्रभातमा पर्यटकको आलस्य पन भाग्दछ
झरनाको चिसो पानीले हार्दिकता सिकाउँछ
बहिरहने हावाले गतिशीलताको पाठ
पढाउँछ
यो सुन्दर, शान्त र विशाल देशले महाकवि देवकोटा जन्माउँछ
वाग्नरलाई कोदाली खनाउछ र सेक्सपियरलाई हलो जोताउँछ
विश्वलाई आध्यात्मिक पोषण पुर्याउन
वेदहरु उब्जाउँछ
घुम्न आउने पर्यटकलाई विश्वप्रेम सिकाउँछ
बहुरङ्गी फूलहरु फुलेको बगैँचा जस्तै
अनेकताभित्र एकताको विशेषता जस्तै
अतिथि देवो भवःमा नेपाली रम्न जानेका छन्
पाहुनालाई मीठो मसिनो खुवाउने आफ्नो बानी ठानेका छन् ।
रारा र तिलिचो पर्यटकलाई बोलाइरहन्छन्
माछापुच्छ«ेको छाया फेवातालमा हेरेर
टोलाइरहन्छन्
छङछङाउँदै बग्छन् छाँगा –छहराहरु पर्यटकका ढुकढुकी बनी
पर्यटकसँग साइनो गास्ने देश मेरो प्रकृतिमा विछट्टै धनी
यो सद्भाव, यो सहिष्णुता पहिचान हो हाम्रो
मौलिक संस्कृति र मेलमिलाप ठूलो शान हो हाम्रो
भित्र्याउन पर्यटक लगाउँ तन र मन
बढ्छ देशकै कीर्ति अनि बढ्छ राज्यको धन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मासिँदै सडकपेटी, हराउँदै पैदलमार्ग (फोटोफिचर)
-
एसीसी प्रिमियर कप : तेस्रो स्थानका लागि नेपाल र हङकङ भिड्दै
-
पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण
-
दूधमा पनि बर्डफ्लुको भाइरस फेला
-
तौल घटाउन गर्मीमा खानुहोस् कम चिनी भएका यी ७ फलफूल
-
कृषि मन्त्रालयको बजेट सिलिङ ५१ अर्ब ८८ करोड, कुन योजनालाई कति रकम ?