बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

सिटी र लेस्टर एफए कपको चौथो चरणमा

आइतबार, २० पुस २०७६, ०९ : ५३
आइतबार, २० पुस २०७६

इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी र लेस्टर सिटी एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेका छन् ।

शनिबार राति भएको खेलमा सिटीले चौथो श्रेणीको क्लब पोर्ट भेललाई ४–१ गोलले हरायो । लेस्टर सिटीले विगान एथ्लेटिकलाई २–० गोलले पराजित ग¥यो । घरेलु मैदानमा सिटीलाई जिताउन अलेक्सान्डर जिन्चोन्को, सर्जियो अगुएरो, हारवुड वेलिस र फिल फोडेनले गोल गरे । पोर्ट भेलका टोम पोपीले सान्त्वना एक गोल फर्काए ।

१९ औँ मिनेटमा अलेक्सान्डर जिन्चोन्कोले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ३५औं मिनेटमा पोर्ट भेलका टोम पोपीले बराबरी गोल फर्काए । त्यसपछि ४२ औँ मिनेटमा सर्जियो अगुएरोले गोल गर्दै सिटीलाई पुनः अग्रता दिलाए । हारवुडले ५८ औँ मिनेटमा र फोडेनले ७६औं मिनेटमा गोल गर्दै सिटीलाई सहज जित दिलाए ।

अर्को खेलमा लेस्टरलाई जिताउन हार्वे वार्नेसले ४० औँ मिनेटमा गोल गरेका थिए । यसअघि १९औं मिनेटमा विगानका टोम पर्सेको आत्मघाती गोल सहयोगमा अग्रता लिएको थियो ।

एफए कपकै अन्य खेलमा बर्नलीले पिटरब्रोउलाई ४–२ गोलले हरायो । म्यानचेस्टर युनाइटेड वल्भ्ससँग गोलरहित बराबरीमा रोकियो । फुलहामले एस्टनभिल्लालाई २–१, नर्विच सिटीले प्रिस्टनलाई ४–२ र बर्नमाउले लुटनलाई ४–० गोलले हराउँदै चौथो चरणमा स्थान बनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप