शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सरकारले भजन मण्डली तयार गर्न खोज्योः राप्रपा संयुक्त

आइतबार, २० पुस २०७६, १३ : ५३
आइतबार, २० पुस २०७६

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले सूचना तथा सञ्चार प्रविधि विधेयकबाट सरकारले भजन मण्डली तयार गर्न खोजेको आरोप लगाएको छ ।  सो पार्टीले प्रस्तावित कानुनको खारेजीको माग समेत गरेको छ ।

‘यो कानुनलाई रुपमा सत्ता पक्षले मर्यादा र अनुशासनको प्रतिक बताए पनि सारमा यो अभिव्यक्ति स्वतन्त्रता माथि बन्देज लगाएर सत्ताको भजन मण्डली तयार गर्ने नियोजित साजिस हो । विचार र धारणामाथि अंकुश लगाउने हतियार हो,’ आइतबार बसेको उच्च कार्यसम्पादन समितिको वैठकपश्चात राप्रपा (संयुक्तं) ले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।

एक दलीय अधिनायकवादलाई आफ्नो उद्देश्य र आदर्श मान्ने शक्तिबाट यस्तो कानुन निर्माणको क्रम अघि सारिनु अत्यन्तै आपतिजनक छ, राप्रपा (संयुक्त) को निष्कर्ष छ ।

वैठकले हरिबहादुर बस्नेत र नवराज सुवेदीद्वारा प्रस्तुत प्रतिवेदनहरु कार्यान्वयन गर्ने निर्णय पनि गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप