बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

लिभरपुल र चेल्सी चौथो चरणमा

सोमबार, २१ पुस २०७६, ०९ : १४
सोमबार, २१ पुस २०७६

इङ्लिस प्रिमियर लिग क्लब लिभरपुल र चेल्सी एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेका छन् । आइतबार राति भएको खेलमा लिभरपुलले प्रिमियर प्रतिद्वन्द्वी एभर्टनलाई १–० गोलले हरायो । अर्को खेलमा चेल्सीले नथिङघम फरेस्टलाई २–० गोलले पराजित गर्यो ।

घरेलु मैदानमा लिभरपुलाई जिताउन कर्टिस जोन्सले निर्णायक गोल गरे । कर्टिसले ७१औं मिनेटमा डेभिड ओरिगीको पासमा उत्कृष्ट गोल गरेका थिए । पहिलो हाफमा लिभरपुललाई पूर्ण दबाब दिएको एभर्टनले दोस्रो हाफमा भने लय गुमाएको थियो । एभर्टनले गोलका अवसर बनाएपनि सदुपयोग गर्न सकेन । लिभरपुलले पनि लगातार गोल गर्ने मौका गुमाएको थियो ।

यसैगरी चेल्सीले दुवै गोल पहिलो हाफमा गरेको थियो । चेल्सीको जितमा कलुम हड्सन ओडोइले छैटौं र रोस बार्कलीले ३३औं मिनेटमा गोल गरेका थिए । अर्को खेलमा सेफिल्ड युनाइटेडले एएफसी फ्याल्डेलाई २–१ गोलले हरायो । टोट्टनहाम मिडल्सबर्गसँग १–१ गोलको बराबरीमा रोकियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप