शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आँबुखैरेनीमा चितुवाको आक्रमणबाट बालकको मृत्यु

सोमबार, २१ पुस २०७६, ०९ : ४५
सोमबार, २१ पुस २०७६

चितुवाको आक्रमणबाट तनहुँको आँबुखैरेनीमा आइतबार साँझ एक बालकको मृत्यु भएको छ । आँबुखैरेनी गाउँपालिका–१ खरानी गाउँका ८ वर्षीय पुजन सिंजाली मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जनाएको छ । 

घर नजिक रहेको मामा घरबाट फर्कने क्रममा बालकलाई चितुवाले आक्रमण गरेको थियो ।  बालक सोही वडास्थित सूर्योदय आधारभूत विद्यालयमा कक्षा २ मा अध्ययनरत रहेको बताइएको छ ।

लामो समयसम्म घर नफर्किएपछि खोजतसाल गर्दै जाँदा घरदेखि पूर्व करिब २०० मिटर भिरमा उनी मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ । 

चितुवा आक्रमणबाट तनहुँमा हालसम्म सात बालबालिकाले ज्यान गुमाइसकेको डिभिजन वन कार्यालयका प्रमुख केदार बरालले बताए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप