केन्द्रीय संस्करण
दर्शन र जीवन

बुद्धको दर्शन : दुःख–सत्य र दुःख मुक्तिको बाटो

बुद्ध धर्ममा कुनै देवता वा गुरूको कृपाले मुक्ति पाइन्छ भन्ने कुरालाई मानिंदैन

person explore access_timeपुस २१, २०७६ chat_bubble_outline0

 

सत्य के हो?’

मानवजाति सभ्यतामा प्रवेश गरेकै दिनदेखि चिन्तन थालिएको विषय हो यो । यसै प्रश्नमा घोत्लिँदै कति दार्शनिक जन्मिए, कति ऋषिमुनि भए । यही सत्यको खोजको परम्परामा २६०० वर्षअघि एउटा नाम जोडिन्छ — सिद्धार्थ गौतम । राजकुमार थिए उनी । तर उनले सत्यको खोजीमा दरबार त्यागे । दरबारको सुखसयल त्यागे । उनी एक्लै सत्यको खोजीमा जंगल पसे । अनेक दुःखकष्ट सहेर छ वर्षसम्म खोजेपछि उनले सत्य भेट्टाए । अनि उनले चार सत्य प्रस्तुत गरे ।

ती सत्य के हुन् त ? के ती सत्य दार्शनिक, दुरूह, बुझ्न कठिन थिए ? के उनले अलौकिक, सामान्य मानिसले देख्न नसकिने सत्य प्रस्तुत गरे ? यस प्रश्नको उत्तर हो वा होइन दुवैमा दिन सकिन्छ । एक हिसाबले उनले प्रस्तुत गरेका सत्य हरेक सामान्य मानिसले बुझ्नसकिने थियो । हरेकले अनुभव गरिरहेकै विषय थियो । फेरि जति गहिरियो उत्ति नै गहिरो पनि थियो ।

***

ती सत्य के हुन् त?के ती सत्य दार्शनिक,दुरूह,बुझ्न कठिन थिए?के उनले अलौकिक,सामान्य मानिसले देख्न नसकिने सत्य प्रस्तुत गरे?यस प्रश्नको उत्तर हो वा होइन दुवैमा दिन सकिन्छ ।

***

बुद्धले ईश्वर सत्य भनेनन् । ब्रम्ह सत्य भनेनन् । बुद्धको सत्य सर्वजनीन छ, सामान्य छ । उनले भने — “दुःख नै सत्य हो ।” दुःख त सबै प्राणीले अनुभव गर्ने विषय हो । दुःख नभएको प्राणी नहोला । त्यसैले उनको दर्शनलाई ‘दुःखवादी’ दर्शन पनि भनियो । तर दुःखवादी मात्रै भनेर पनि पुग्दैन, किनभने उनले त्यही सत्यभित्र दुःखबाट मुक्त हुने बाटो पनि देखाएका छन् । त्यसैले उनको दर्शनलाई दुःखमुक्तिको दर्शन भन्दा उपयुक्त होला ।

चार आर्यसत्य

छ वर्षको कठोर खोजपश्चात् पैंतिस वर्षको उमेरमा बोधिवृक्षमुनि ज्ञान प्राप्त गरेपछि बुद्धले पहिलो उपदेश वाराणसीमा पाँचजना भिक्षुहरूलाई दिएका थिए । त्यहींबाट बुद्धको दर्शन देशनाको कार्य शुरू भयो । त्यसैले यसलाई ‘धर्मचक्रप्रवर्तन सूत्र’ भनियो, अर्थात् धर्मको चक्र घुमाउन थालिएको सूत्र । सो सूत्रमा बुद्धले चतुर्आर्यसत्य अर्थात् चार भद्र सत्यहरू प्रस्तुत गरेका छन् । हुन त बौद्ध दर्शनका शास्त्र ठेलीका ठेली छन् । दर्शन पनि अनेक छन् — मध्यम मार्ग, प्रतीत्यसमुत्पादको दर्शन, अष्टांगिक मार्ग, शून्यताको दर्शन आदि । तर ती सबै यिनै चार सत्यकै केन्द्र वरिपरि घुमेका छन् ।

बुद्धका चारवटा सत्यहरू हुन्

१. दुःख सत्य (दुःख छ) ।

२. दुःख–समुदय सत्य (दुःखको कारण छ) ।

३. दुःख–निरोध सत्य (दुःखको निवारण छ) ।

४. दुःख–निरोध–गामिनी–प्रतिपदा सत्य (दुःखको निवारणसम्म पुर्‍याउने बाटो छ) ।

यदि दुःखलाई रोग मानेर चिकित्सा शास्त्रको भाषामा भन्ने हो भने

१. ‘दुःख छ’ भन्नु रोगको ‘लक्षण’ हो ।

२. ‘दुःखको कारण छ’ ‘निदान’ हो ।

३. ‘निवारण छ’ भन्नु ‘उपचार पहिल्याउनु’ हो ।

४. ‘दुःख निवारणको बाटो छ’ भन्नु ‘औषधीको पुर्जी’ हो ।

***

दुःख त लक्षण मात्र हो,मुख्य कुरा त दुःखका कारण हुन् । कारणलाई निराकरण गर्न सकेमा दुःखको उपचार सम्भव छ । बुद्धले उपचारको लागि बाटो पनि प्रशस्त गरिदिएका छन्,जसलाई आर्यअष्टांगिक मार्ग भनिन्छ,अर्थात् आठवटा अंग भएको बाटो ।

***

दुःख त लक्षण मात्र हो, मुख्य कुरा त दुःखका कारण हुन् । कारणलाई निराकरण गर्न सकेमा दुःखको उपचार सम्भव छ । बुद्धले उपचारको लागि बाटो पनि प्रशस्त गरिदिएका छन्, जसलाई आर्यअष्टांगिक मार्ग भनिन्छ, अर्थात् आठवटा अंग भएको बाटो । दुःख मुक्तिको बाटोमा लाग्नेले त्यो मार्गमा आफैं यात्रा गर्नुपर्छ । बुद्ध धर्ममा कुनै देवता वा गुरूको कृपाले मुक्ति पाइन्छ भन्ने कुरालाई मानिंदैन । बुद्ध बारम्बार भन्छन्, “मैले त मात्र बाटो देखाउनसक्छु । आफ्नो यात्रा त आफैंले तय गर्नुपर्छ ।”    

दुःख सत्य

अलौकिक भनिने सत्य विश्वासको कुरा हो, तर दुःख त सबैले महसूस गर्ने विषय हो । किनभने दुःख सबैको जीवनमा छ । कति कवि, लेखक, दार्शनिकले त भने — जीवन भनेकै दुःख हो । जीवनमा हामीलाई कुनै न कुनै दुःख वा समस्या भइ नै रहन्छ । यो यथार्थ हो । सुख त क्षणिक मात्र हो । हामी दुःखैमा जन्मिन्छौं, दुःखैमा बाँच्छौं, दुःखैमा मर्छौं । यही जीवनको कटु सत्य हो । अर्थात्, संसारमा दुःख नै अधिक छ ।

आध्यात्मिक अर्थमा सम्पूर्ण अस्तित्व नै दुःखमय छ । अर्थात् ‘हुनु’ भनेकै दुःख हो । हामी जसलाई व्यावहारिक जगत् मा  सुख भन्छौं त्यो पनि मूलरूपमा दुःखै हो । उदाहरणको लागि, हामी मीठो खान पाउँदा सुख अनुभव गर्छौं । तर त्यो सुख त भोकको जगमा उभिएको छ, जुन कि आफैंमा दुःख हो । यदि भोक नहुँदो हो त स्वाद नै कहाँ हुँदो हो ?

***

मानिसले जीवनमा अनुभव गर्ने सबभन्दा ठूलो आनन्द नै यौनआनन्द भनिन्छ । हो जस्तो पनि लाग्छ । तर यो सुख पनि चाहनाको जलनमा उभिएको छ । चाहनाको जलनले भत्भती पोल्दा जीवले त्यो आगो निभाउन विपरित लिंगीको खोजी गर्ने हो ।

***

मानिसले जीवनमा अनुभव गर्ने सबभन्दा ठूलो आनन्द नै यौन–आनन्द भनिन्छ । हो जस्तो पनि लाग्छ । तर यो सुख पनि चाहनाको जलनमा उभिएको छ । चाहनाको जलनले भत्भती पोल्दा जीवले त्यो आगो निभाउन विपरित लिंगीको खोजी गर्ने हो । हामी यौन–सुख त सझिन्छौं, तर त्यो भित्री जलनलाई ख्याल गर्दैनौं । त्यसैले सांसारिक अर्थमा सुख र दुःख भए तापनि आध्यात्मिक अर्थमा केवल दुःखै मात्र छ । सबै सांसारिक सुख दुःखको जगमा उभिएको छ, अनि त्यो साँच्चिकै सुख हुनसक्छ नै कसरी ?

***

मसाने वैरागखालको क्षणिक विचार आध्यात्मिक चेतना होइन । जब सुखभित्र पनि दुःख देखिन थाल्छ,त्यो नै आध्यात्मचेतको सुरु विन्दु हुन्छ ।

***

कहिलेकाहीँ, जीवनको कुनै मोडमा ठूलो दुःख आइलाग्दा मानिसमा धेरैथोरै आध्यात्मिक सोच आउँछ । तर त्यो ‘मसाने वैराग’ खालको क्षणिक विचार आध्यात्मिक चेतना होइन । जब सुखभित्र पनि दुःख देखिन थाल्छ, त्यो नै आध्यात्म–चेतको सुरु विन्दु हुन्छ । सिद्धार्थ गौतमले त दरबारको सुखमै दुःख देखेका थिए । दुःखलाई समग्रतामा बुझेपछि मात्र हामी साँचो अर्थमा अध्यात्मतिर उन्मुख भएका हुन्छौं । यसै सन्दर्भमा मैले ‘क्षितिजको स्पर्श’ (काव्य–निबन्ध) पुस्तकमा लेखें—

दुःख

हामीलाई यस्तो लाग्छ — यो एउटा दुःख नभइदिए हुन्थ्यो, त्यो चाहिं दुःख नभए जीवन कति सहज हुन्थ्यो । दुःखलाई थरि थरि देख्नु नै भ्रम हो । हो, यहाँ दुःख छ । दुःख नै संसारको सत्यता हो । हामीले ठानेको सुख पनि दुःखमै अडिएको छ । त्यसबाट सुख हुन्छ नै कसरी ?

अज्ञानताले गर्दा दुःख पूर्ण रूपमा साक्षात् हुँदैन ।

दुःखको समग्र बोध नै ज्ञान हो  ।

दुःखको कारण

बुद्धको अर्को ठम्याइ के हो भने केही कुरा पनि बिनाकारण हुँदैन । त्यसैले बुद्धको दर्शनलाई कारणवादी वा हेतुवादी पनि भनिन्छ । त्यसमा पनि एउटै मात्र कारणले पनि कुनै कार्य हुँदैन भन्ने पनि बुद्धको दर्शन हो । त्यसैले बुद्धको दर्शन कारणवादी मात्रै नभई ‘बहुकारणवादी’ हो ।

जस्तो कि एउटा रूख उम्रनलाई बिउ चाहिन्छ । तर बिउले मात्रै पनि हुँदैन, त्यहाँ माटो पनि चाहिन्छ, पानी पनि चाहिन्छ, घाम पनि चाहिन्छ, हावा पनि चाहिन्छ । यी सबै कुरा एकै ठाउँमा, उचित मात्रामा जुट्यो भने रूख स्वतः उम्रिन्छ । तर एउटै मात्र पनि कुरा पुगेन भने बिरुवा उम्रिंदैन । कारणहरू जुटेमा कार्य स्वतः हुने र नजुटेमा नहुने भएकोले बुद्धको दर्शन एक किसिमले भौतिकवादी दर्शन पनि हो । ईश्वरवादी दर्शनमा जस्तो ईश्वरको इच्छाले सृष्टि हुने वा प्रलय हुने कुरा यस दर्शनमा आउँदैन ।

***

कारणहरू जुटेमा कार्य स्वतः हुने र नजुटेमा नहुने भएकोलेबुद्धको दर्शनएक किसिमले भौतिकवादी दर्शन पनि हो । ईश्वरवादी दर्शनमा जस्तो ईश्वरको इच्छाले सृष्टि हुने वा प्रलय हुने कुरा यस दर्शनमा आउँदैन ।

***

हाम्रो जीवनमा आइपर्ने व्यावहारिक समस्याका कुरा गर्‍यौं भने पनि हरेक समस्याको जगमा विभिन्न कारणहरू रहेका हुन्छन् । ती कारणहरूलाई निमिट्यान्न पार्नसक्यौं भने समस्या समाधान हुन्छ । कुनै कारण अरूसित सम्बन्धित हुन्छन्, कुनै आफैंसित र कुनै वातावरणसित सम्बन्धित हुन्छन् । मानौं कि, एउटा बालक गरिब परिवारमा जन्मेको छ । उसलाई गरिबी समस्या लाग्छ । उसले राम्रोसित पढेर, मेहनत गरेर राम्रो कमाइ गर्नथाल्यो भने गरिबीको समस्या हल हुन्छ । तर उसले मेरो बुबाले कमाउन नसकेकोले म गरिब भएँ भनेर आफ्नो बुबाको मात्र दोष ठानिरह्यो भने ऊ समस्याबाट उम्किन सकिंदैन । बरु त्यसले मात्र मानसिक पीडा भइरहन्छ ।

हुन त हरेक समस्याको समाधानमा समय र मेहनत लाग्छ, जुन अधीर मानिसलाई मनपर्दैन । तर समस्या देखेर निराश हुनु वा त्यसबाट भाग्नुभन्दा समस्याको समाधान गर्नमा दत्तचित्त भएर लाग्यो भने निश्चय पनि सफलता हात लाग्छ । त्यसैले बुद्धको आर्यसत्य आध्यात्मिक उन्नतिको लागि मात्र होइन भौतिक उन्नतिको लागि पनि उत्तिकै प्रेरणादायी र व्यावहारिक छ ।

***

आध्यात्मिक दुःखको कुरा गर्दा त्यसको मूल कारण बौद्ध दर्शनमाअविद्याभनिएको छ । अविद्या अर्थात् अज्ञान ।म छुभन्नु नै अज्ञान हो । वा भनौं अज्ञानले गर्दा नै अहंकार छ । अहंकार वा आत्मभावले गर्दा नै दुःख छ ।

***

आध्यात्मिक दुःखको कुरा गर्दा त्यसको मूल कारण बौद्ध दर्शनमा ‘अविद्या’ भनिएको छ । अविद्या अर्थात् अज्ञान । ‘म छु’ भन्नु नै अज्ञान हो । वा भनौं अज्ञानले गर्दा नै अहंकार छ । अहंकार वा आत्मभावले गर्दा नै दुःख छ । सामान्यतया मानिसहरू ठान्छन्, “मसित केही दुःख छ, त्यसैले म दुःखी छु । ती दुःख नभए म खुशी हुन्छु ।” तर वास्तवमा “म” भन्ने जुन भ्रम हो, त्यही नै दुःखको कारण हो ।

दुःखको निवारण

कुनै कुनै धर्मावलम्बीहरूले बौद्ध दर्शनलाई निराशावादी दर्शन पनि भन्ने गरेका छन् । यसको कारण हो बुद्धको दुःखवादी दर्शन । तर बुद्धको दर्शन दुःख वा निराशाबाट सुरु भए पनि निराशावादी दर्शन होइन । किनभने यसले संसारलाई दुःखमय मात्र भन्दैन, बरु त्यो दुःखको निवारण छ भनेर आशावादी पनि बनाउँछ ।

वास्तवमा ‘दुःख–सत्य’ नै पनि निराशावादी दर्शन होइन । जब हामी आफ्नो जीवनमा भएको कुनै निश्चित दुःखबाट पीडित हुन्छौं, हामी निराशाले घेरिन्छौं । तर जब हामीभित्र सम्पूर्ण संसार नै दुःखमय भएको बोध हुन्छ, तब निराशाको अन्धकार होइन, ज्ञानको उज्यालोको अनुभव हुन्छ । यो एउटा अनौठो विरोधाभासपूर्ण अनुभूति हो ।

***

दुःखको कारण अहंकार वा आत्मभाव हो भनेभन्ने भावको अन्त्य नै दुःखको निवारण हो । यसलाई बुद्धलेअनात्मभनेका छन् । त्यसैले बुद्धको दर्शनलाई अनात्मवादी दर्शन पनि भनिन्छ ।

***

यदि दुःखको कारण अहंकार वा आत्मभाव हो भने ‘म’ भन्ने भावको अन्त्य नै दुःखको निवारण हो । यसलाई बुद्धले ‘अनात्म’ भनेका छन् । त्यसैले बुद्धको दर्शनलाई अनात्मवादी दर्शन पनि भनिन्छ । वास्तवमा सबै धर्मले अहंकार नाश गर्नुपर्ने कुरा गर्छन् । ईश्वरवादी दर्शन अनुसार पनि अहंकार हटेपछि मात्र नै ईश्वर–दर्शन हुनसक्छ । त्यसैले कुन धर्म ठूलो कुन सानो भनी विवाद गर्नुभन्दा अहंकार समाप्त गर्नेतिर लाग्नु ठूलो कुरा हुनआउँछ । नभए त धर्मले पनि अहंकार र दुःखै मात्र बढाउन पनि सक्छ ।

मार्गसत्य

बुद्धले दुःख निवारणको बाटो पनि प्रशस्त गरेका छन् । त्यो बाटोमा विवेकले बुझ्नुपर्ने कुरा पनि छन्, व्यवहारमा उतार्नुपर्ने कुरा पनि छन् र मनले अभ्यासले गर्नुपर्ने कुरा पनि छन् । यसलाई आर्यअष्टांगिक मार्ग भनिन्छ, अर्थात् आठवटा अंग भएको उत्तम बाटो । ती आठ अंगहरू हुन्—

विवेकले बुझ्नुपर्ने :

१. सम्यक दृष्टि (ठीक बुझाइ)

२. सम्यक संकल्प (प्रतिवद्धता)

व्यवहारमा उतार्नुपर्ने  :

३. सम्यक वाचा (सञ्चारसीप)

४. सम्यक कर्म (सही कृयाशीलता)

५. सम्यक आजीविका (सही व्यवसाय)

मनले अभ्यास गर्नुपर्ने :

६. सम्यक व्यायाम (मानसिक अभ्यास)

७. सम्यक स्मृति (सजगता)

८. सम्यक समाधि (ध्यानबाट समाधि)

अहिले मानिसहरू खुशी (ह्याप्पिनेस) र सफलताको खुबै कुरा गर्छन् । अष्टांग मार्गमध्ये पहिलो दुईको अभ्यासले खुशी दिन्छ, बिचको तीनवटाको अभ्यासबाट सफलता हासिल हुन्छ । अन्तिम तीनको अभ्यासबाट भने आध्यात्मिक शान्ति मिल्छ । भौतिक सफलता र मानसिक खुशी चाहनेले माथिल्ला पाँच अंगको अभ्यास गरे पनि पुग्छ । तर आध्यात्मिक सफलता चाहनेले आठैवटा अंग आध्यात्मिक अर्थमै अभ्यास गर्नुपर्छ । यिनको निरन्तर अभ्यासबाट अज्ञानको अन्त्य हुन्छ र ज्ञानको ज्योति खुल्दछ ।

(आर. मानन्धर दर्शन शास्त्रका अध्येता हुन् ।)

Title Photo:https://wallpaperaccess.com

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.