शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ठुला बजेटका ६ फिल्म, जो वर्ष २०१९ मा भए फ्लप

सोमबार, २१ पुस २०७६, १७ : ०१
सोमबार, २१ पुस २०७६

मुम्बई । वर्ष २०१९ मा बलिउडका केही फिल्मले १०० करोडको संख्या बढाएर नयाँ रेकर्ड बनाएका छन् भने केही आशा गरेका ठुलो बजेटका फिल्म फ्लप भएका छन् । यो वर्ष फ्लप भएका ठुला बजेटका यी हुन् ६ फिल्म ।
कलंक:
बरुण धवन, आलिया भट्ट, सञ्जय दत्त, माधुरी दीक्षित, सोनाक्षी सिंन्हा र आदित्य राय कपुर अभिनित कलंक ठुलो बजेटको अलवा धेरै स्टारले भरिएको फिल्म पनि हो । तर बक्स अफिसमा फिल्म भने फ्लप साबित हुन पुग्यो ।

पागलपन्ती:
जोहन अब्राहम, अरशद वारसी र पुलकित सम्राट जस्ता स्टार अभिनित कमेडी फिल्म पागलपन्तीले दर्शक रिझाउन भने सकेन । यो फिल्म बक्स अफिसमा नराम्रो तरिकाले पछारियो ।

पानीपत: 
आशुतोष गोवारिकरको निर्देशनमा बनेको फिल्म पानीपतले पनि दर्शकका कुनै छाप छोड्न सकेन । ऐतिहासिक लडाइमा आधारित यो फिल्मलाई समिक्षकले राम्रो प्रतिक्रिया दिएका थिए । तर बक्स अफिसमा भने व्यवसाय गर्न सकेन ।

जबरिया जोडी:

परिणीति चोपडा र सिद्धार्थ मल्होत्रा स्टारर फिल्म जबरिया जोडी बिहारमा प्रचलित बिवाहको विषयमा निर्माण भएको थियो । प्रेम कथामय यो फिल्म प्रति दर्शक आकर्षित हुन भने सकेनन् । 

पल पल दिलके पास:

सन्नी देओलले यो फिल्ममा आफ्नो छोरा करण देओल लन्च गरेका थिए । यो फिल्म सफल हुने धेरैको अपेक्षा पनि थियो । तर फिल्मले बक्स अफिसमा खासै रेस्पोन्स पाउन सकेन ।

लाल कप्तान:
सैफ अली खान स्टारर फिल्म लाल कप्तानले बक्स अफिसमा यो वर्ष सबैभन्दा खराब कलेक्सन गरेको थियो । प्रचार प्रसारको कमी र स्टार काष्टले फिल्म प्रति चासो नदेखाएको कारण फिल्मले घाटा ब्यहोर्नुपर्यो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप