शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

१ लाख ६० हजार घुससहित वन उपभोक्ता समितिका अध्यक्ष समातिए

सोमबार, २१ पुस २०७६, १७ : २३
सोमबार, २१ पुस २०७६

काठमाडौँ । कैलाली सिद्धनाथ सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कुवेर थापा १ लाख ६० हजार घुससहित पक्राउ परेका छन् । 

 उक्त सामुदायिक वन अन्तर्गत पर्ने कानिखोला पुल नजिकबाट सेवाग्राहीसँग माटो झिकेको बिषयमा जेसिभी र टेक्टरलाई नियन्त्रणमा लिएको र त्यसलाई छाड्न सेवाग्राहीबाट घुस मागेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कन्चनपुरबाट खटिको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । 

अख्तियारले समितिका कोषाध्यक्ष मोहनबहादुर सिंहलाई पनि नियन्त्रणमा लिएको छ । उनीहरु दुबैलाई सिद्धनाथ सामुदायिक वन उपभोक्ता समुहको कार्यालयबाट नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप