बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अष्ट्रेलियामा भीषण डढेलोः क्षति व्यवस्थापनका लागि राष्ट्रिय पुनर्स्थापना निकाय गठन

सोमबार, २१ पुस २०७६, १९ : १७
सोमबार, २१ पुस २०७६

एजेन्सी । अष्ट्रेलियामा डढेलोबाट भएको क्षतिको व्यवस्थापनका लागि राष्ट्रिय पुनर्स्थापना निकाय गठन गरिएको छ ।  प्रधानमन्त्री स्कट मोरिसन, उपप्रधानमन्त्री मिचेल एमसीकोर्माक र कोषाध्यक्ष जोश फ्रीडेन्बर्गले सोमबार यसको घोषणा गरेका हुन् ।

यस निकायको कोषमा प्रारम्भिक चरणमा झण्डै दुई अरब अष्ट्रेलियन डलर जम्मा गरिने पनि उनीहरुले प्रतिबद्धता जनाएका छन् ।  ‘अष्ट्रेलियामा अहिले भइरहेको आगलागीको क्षतिपूर्ति र संकट व्यवस्थापनका लागि जे गर्नुपर्ने हो, त्यो सवै काम यस्ले गर्दछ,’ उनीहरुले भने ।

अष्ट्रेलियामा गत सेप्टेम्बरदेखि भएको आगलागीका घटनामा परी २४ जनाको मृत्यु भइसकेको अधिकारीहरुले जनाएका छन् ।  यस निकायले आगामी दिनमा हुने क्षति न्युनिकरणका लागि पनि आधार तयार पार्ने उनीहरुको भनाई छ । 

अहिले कोषमा राखिएको रकमले आगलागीबाट प्रभावित परिवार, किसान, व्यवसायीलगायतलाई राहत पनि उपलब्ध गराउने प्रधानमन्त्री कोरिसनले बताए । अकल्पनीय आगलागीबाट पिडित सवैलाई सहयोग होस् भन्ने उद्धेश्यले राहत प्रदान गर्न लागिएको उनले जानकारी दिए ।

‘जो आगलागीबाट पिडित भएका छन्, जसको काम नै रोकिएको छ, जस्लाई पुनस्र्थापना गर्नुछ उनीहरुका लागि हामीले यस मार्फत् धेरै पछाडीसम्म काम गर्नुपर्दछ,’ प्रधानमन्त्री मोरिसनले सञ्चारकर्मीसँग भने ।
नव गठित यस निकायको नेतृत्व अष्ट्रेलियाको संघीय प्रहरीका पूर्व आयुक्त अन्ड्रेव कोल्भीनले गर्ने भएका छन् । –सिन्ह्वा
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप