बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

उपत्यकामा प्रहरीको ‘पर्फरमेन्स अडिट टिम’ गठन

सोमबार, २१ पुस २०७६, २२ : ०६
सोमबार, २१ पुस २०७६

काठमाडौं । काठमाडौँ उपत्यका हेर्ने महानगरीय प्रहरी कार्यालय रानीपोखरीले आन्तरिक सेवा चुस्त बनाउँदै अपराध नियन्त्रण र शान्तिसुरक्षा कायम गर्न आज ‘पर्फरमेन्स अडिट टिम’ गठन गरेको छ । 

कार्यालय मातहतमा रहेका सादा पोशाकका घुमुवा टोली खारेज गरेको केही दिनको अन्तरालमै कार्यालयले मातहतका प्रहरी कर्मचारीको काम कारवाहीको अनुगमन र मूल्याङ्कनका लागि यसरी टोली गठन गरेको हो । 

महानगरीय प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले प्रहरीले दिएको सेवा प्रवाह, अपराध अनुसन्धान र नियन्त्रणमा खेलेको भूमिका, साधन स्रोतको परिचालन र सदुपयोग, सुशासन कायम गर्नेदेखि अन्य गतिविधिको मूल्याङ्कन गर्नेगरी प्रहरी उपरीक्षकको नेतृत्वमा टोली गठन गरिएको जानकारी दिए । 

प्रहरी उपरीक्षक रेवती ढकालको नेतृत्वमा गठन भएको उक्त टोलीले सादा पोशाकमा समेत आवश्यकताअनुसार छड्के जाँच गर्नसक्ने अधिकार दिइएको छ । पछिल्लो समयमा महानगरीय प्रहरी कार्यालयको जिम्मेवारी सम्हालेपछि उहाँले मातहतका प्रहरी कर्मचारीलाई शान्ति सुरक्षामा अब्बल भएर काम गर्न निर्देशन दिँदै रात्रि सुरक्षासमेत चुस्त पारेका छन् ।
­­­­­­
­­­

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप