शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘दुष्ट यौन पिपाषु’ लाई १ सय ३६ जनाको बलात्कार गरेकोमा जन्मकैद

मङ्गलबार, २२ पुस २०७६, ०८ : ०६
मङ्गलबार, २२ पुस २०७६

१ सय ५९ जनामाथि यौन उत्पीडनको आरोप लागेका एक युवकलाई जन्मकैदको सजाय तोकिएको छ । तीमध्ये १ सय ३६ जनालाई त उनले बलात्कार नै गरेका थिए ।

रेहनार्ड सिनागामाथि  ४८ जना पुरुषलाई आफ्नो फ्ल्याटसम्म ल्याएको, उनीहरुलाई ड्रग्स खुवाएर उत्पीडन गरेको र उक्त घटनालाई क्यामरामा कैद गरेको आरोप लागेको थियो जुन पुष्टि भएको छ ।

पुलिसले ३६ वर्षे सिनागाले कम्तीमा १ सय ९० जनालाई पीडित बनाएको प्रमाण आफूसँग भएको जानकारी दिएको छ ।

द क्राउन अभियोजन सेवा (सिपीएस) ले सिनागालाई बेलायती इतिहासमा सबैभन्दा धेरैलाई बलात्कार गर्ने व्यक्तिको संज्ञा दिएको छ ।

न्यायाधीसले उनको जन्मकैद कम्तीमा पनि ३० वर्षको हुनुपर्ने आदेश दिएकी छिन् ।

सोमबारको सुनुवाईमा अदालतले उनको नामसमेत उल्लेख गर्न अनुमती दिएको छ ।

यसअघि सन् २०१८ को गर्मीयाम र गत वर्ष भएका दुईवटा सुनुवाईमा नै पोस्ट ग्राजुएटका विद्यार्थी सेनेगामाथि २० वर्षको जेल सजाय तोकिएको थियो ।

चार भिन्न सुनुवाईमा ती इन्डोनेशियाली नागरिकलाई १ सय ३६ जना माथि बलात्कार, ८ जना माथि बलात्कारको प्रयास, १५ जनामाथि यौन उत्पीडन गरेको आरोपमा दोषी ठहर गरिएको थियो ।

अधिकारीका अनुसार उनीहरुले अन्य ७० जनाको पहिचान गर्न नसकेको र सिनागामार्फत् कुनै पनि अवस्थामा यौन उत्पीडन सहनु परेका जोसुकैलाई पनि सम्पर्कमा आउन अनुरोध गरेको छ ।

सुनुवाईको क्रममा न्यायाधीस सुजेन गोडार्ड क्यूसीले सिनागालाई युवाहरुलाई शिकार बनाउने दुष्ट यौन पिपाषुको संज्ञा दिएकी छिन् ।

‘मेरो फैसलामा तिमी असाध्यै खतरनाक, चलाख र कपट गर्ने व्यक्ति हौ जसलाई कुनै पनि अवस्थामा जेलमुक्त गर्नु सुरक्षित छैन,’ उनले भनिन् ।

सिनागाले कसलाई शिकार बनाउँथे ?

सिनागाले नाइटक्लब र बारबाट निस्किरहेका पुरुषलाई आफ्नो शिकार बनाउथे । उनी ती पुरुषलाई सँगै रक्सी खाऔं र ट्याक्सी बोलाउनका लागि कतै बसौं भनेर मोन्टाना हाउसको उनको फ्ल्याटसम्म पुर्‍याउने गर्दथे ।

सिनागाले पीडितलाई ड्रग्स दिन्थे र बेहोस भएपछि यौन उत्पीडन गर्दथे । जब पीडित बिहान उठ्थे तब तीमध्ये धेरैलाई आफूमाथि के भएको थियो भनेर पत्तै हुँदैनथ्यो ।

डक्टरेटका विद्यार्थी सिनागाले आफूमाथि लागेको सबै आरोप अस्विकार गर्दै उक्त यौन क्रियाकलाप र भिडियो खिच्ने कार्य सहमतीमै भएको बताएका छन् ।

अदालतमा दिएको बयानमा एक पीडितले ‘सिनागाले आफ्नो जीवनको एउटा पाटो नै बर्बाद गरिदिएको’ बताइन् । यस्तै अर्की पीडितले ‘सिनागा कहिले पनि जेलमुक्त नहोस् र नर्कमा नै कुहियोस्’ भनेकी छिन् ।

‘म त्यतिबेला महिनावारी भएकी थिएँ, निकै पीडामा भएका बेला त्यस्तो दिन सहनुपर्‍यो,’ अर्कीले भनिन् ।

कति पीडितलाई त आफू बलात्कृत भएको थाहा नै थिएन । उनीहरुलाई पुलिसले सम्पर्क गरेपछि  मात्र यसबारे थाहा भयो ।

युनिभर्सिटी अफ लिड्समा पीएचडी गरिरहेका सिनागाले थुप्रै वर्ष अघिदेखि यस्तो कुकृत्य गर्दै आएको हुनसक्ने पुलिसले अनुमान गरेका छन् ।

कसरी खुल्यो पोल ?

यी बलात्कारीलाई सन् २०१७ मा पक्राउ गरिएको थियो । एक व्यक्तिको यौन उत्पीडनको      क्रममा होस खुलेपछि सिनागाबाट आफूलाई फुत्काएर पुलिसलाई बोलाएका थिए ।

जब पुलिसले सिनागाको फोन खोसे तब उनले आफ्नो प्रत्येक उत्पीडनको भिडियो खिचेको पत्ता लाग्यो ।

‘हामीलाई शंका छ कि उनले विगत १० वर्षदेखि उत्पीडन गर्दै आएका थिए,’ असिस्टेन्ट चिफ कन्सटेबल मब्स हुसेनले भने ।

पुलिसले दर्जनौं पीडितलाई भिडियो हेरेर, सिनागाको म्यान्चेस्टर फ्ल्याटमा चोरिएका फोन, आइडी कार्ड र घडीलाई आधार मानेर सम्पर्क गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप