बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

आर्सनल एफए कपको चौथो चरणमा

मङ्गलबार, २२ पुस २०७६, ०९ : २७
मङ्गलबार, २२ पुस २०७६

इङ्लिस प्रिमियर लिग क्लब आर्सनल एफए कप फुटबलको चौंथो चरणमा प्रवेश गरेको छ । 

सोमबार राति भएको खेलमा आर्सनलले लिड्स युनाइटेडलाई १–० गोलले हरायो । घरेलु मैदानमा आर्सनललाई जिताउन रेइस नेल्सनले निर्णायक गोल गरे । 

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । नेल्सनले ५५औं मिनेटमा गरेको गोलनै आर्सनलको जितमा निर्णायक बन्यो । 

लिड्सले पनि गोल गर्ने राम्रा अवसर गुमाएको थियो । चौथो चरणमा आर्सनलले बर्नमाउथसँग प्रतिस्पर्धा गर्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप