शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

क्रान्तिकारी सम्मेलनका यस्ता हुनुपर्छ ६ काम

बुधबार, ०७ भदौ २०७४, ११ : १७
बुधबार, ०७ भदौ २०७४

युवराज दाहाल


नेपाली विद्यार्र्थी आन्दोलनको एक अग्रणी धारा अनेरास्ववियू (क्रान्तिकारी)को एकताको २१औँ राष्ट्रि«य सम्मेलन भाद्र ७ देखि ११ हुँदैछ । थुप्रै सहिद,वेपत्ता एवं घाइते योद्धाहरुको बलिदानीको जगमा खडा भएको अनेरास्ववियू (क्रान्तिकारी) ले यस पटकको सम्मेलनबाट केहि प्रश्नहरुको उत्तर दिदै, केही प्रश्नको उठान गरेर जानेछ । चिनियाकाजी, गंगालालहरुको विरासत र वलिदानबाट प्राप्त यो संगठनले एक थान नेतृत्व चयन गर्ने मात्र नभई प्रगतिशिल धाराको सत्व स्थापित गर्दै गतिशिल र उर्जाशिल सक्षम नेतृत्व चयन गर्नेछौँ ।
 
आमरुपमा विद्यार्र्थी संगठनको क्रेज दिन दुइ गुणा रात चौ गुणा खस्कदो परिस्थितिमा हाम्रो स्थितिको ठिक मुल्याङ्कन हुन जरुरी छ । विद्यार्र्थी संगठनका नेतालाई आम–जनताले विद्यार्र्थीको सहि प्रतिनिधि वा नेतृत्व भन्दा पनि राजनीतिक नेतृत्वको रुपमा लिएको छ । अझ निर्मम भएर समिक्षा गर्ने हो भने विद्यार्र्थी नेताहरु ठेकेदार जस्ता,शैक्षिक संस्था,विद्यार्र्थी र अविभावकको वीचमा विचौलिएका रुपमा चित्रण गर्न थालिएका छन् । विद्यार्र्थी संगठनमा आस्थाका अधारमा संगठित हुने परिपाटीमा स्खलन आएको छ । क्याम्पस प्रशासनसँग मिलिमगत गरी छात्रवृत्ति,टेण्डर,भर्नालगायत कब्जा गर्न नेता बन्ने प्रचलन झाँगिदो छ । यी तमाम विकृतिको अन्त्यका लागि निम्न बुँदाहरु हाम्रा रुपान्तरणको निम्ति उपयूक्त प्रस्थान विन्दु बन्न सक्छन् । अनेरास्ववियू (क्रान्तिकारी) एकताको २१औँ राष्ट्रिय सम्मेलनले निम्न कुराहरुको जवाफ दिने साहस गर्नु पर्दछ ।
१.शैक्षिक रुपान्तरण
अहिले अस्तित्वमा रहेका प्राय सवै विद्यार्र्थी संगठनहरुको निम्ति सर्वसुलभ र गुणस्तरीय शिक्षा ओठे नारामा सीमित भएको छ । भर्नाको समयमा शुल्क नवढाउन चेतावनी दिने, एक थान वक्तव्य जारी गर्ने,केहि दिनमा ताला बन्दि गर्ने र अन्त्यमा निकै ठूलो स्केलमा वृद्धि भएको शुल्क नगन्य रुपमा घटाए जस्तो गरि ताला खोल्ने  प्रवृति झांगिदै छ । तोकिएको चन्दाको कोटा चुक्ता गर्ने र आन्दोलन लाई सम्झौतामा लगेर टुङग्याउने प्रवृतिले विद्यार्र्थी आन्दोलन आक्रान्त छ । २०६२–६३ यता थुप्रै जस्ताको टहराहरुमा भएका स्कुल,प्लस टु एवं कलेजहरु करिब बाह्र वर्षको दर्वियानमा ठुला मल्टी स्टोरेड विल्डिङ्ग हरुमा सरेका छन् । दुख,सुख केही मास्टरहरुले घर जग्गा भाडामा लिएर शुरु गरेका निजी शिक्षण संस्थाहरु आज गगनचुम्वी,वातानुकुलित विल्डिङ्गमा सिफ्ट भएका छन् र संचालकहरु फेरिएका छन् । शुल्क घटाउने सवैभन्दा धेरै आन्दोलनहरु भएको यही १०–१२ वर्षको पिरियड संचालकहरुका निम्ति स्वर्ण समय बन्यो । मुस्किलले मासिक १००० रुपैयाँ शुल्क भएका स्कुलहरुको मासिक शुल्क ५०००० सम्म पुग्यो । इन्जिनियरिङ्गको शुल्क डेढ–दुइ लाख बाट झण्डै १२ लाख पूग्यो । शिक्षण संस्थाहरु विद्यार्र्थी संगठनका दुहुना गाई जस्ता भए जहां करिब वार्षिक २–४ लाख चन्दा प्रप्त गरि करोडौ शुल्क वृद्धिको साक्षी बन्न पुग्यौं,एक पन्ने सम्भौता पत्रको आत्मरतिमा रमाउन बाध्ये भयौ । दर्जनौ पटक सहमति कार्यान्वयन नभएका कारण डा.गोविन्द केसीहरु आमरण अनसनको ओछ्यान लगाइरहदा हामी एक थान विज्ञाप्तिधारी ऐक्यवद्धक टोली मात्र  बनेका छौँ, अब यसरी शैक्षिक माफियाहरु ढडियामा परिरहेको विद्यार्र्थी आन्दोलन निरन्तर खबरदारी समुह र वास्तविक प्रतिपक्षी दस्ता बन्न ढिला भैसकेको छ ।
 
संगठनको मुख्य कार्यभार
७ साल वरपर हाम्रो जिजुबाजेको पुस्ताले वलिदानि गर्यो । ३६ साल र ४६ साल वरपर हाम्रो वुवाको पुस्ताले र २०५२–२०६२÷६३ वरपर हाम्रो दाइ पुस्ताले परिवर्तनका निम्ति कुरवानी गर्यो र हामीले सहयोगी भुमिका निभायौ । हाम्रो पुस्ताको अबको योगदान र वलिदान कुन एजेण्डामा गर्ने हो,हामी साँच्चिकै दिशा विहिन बनेका छौ । कम्पास हराएको जहाजको क्याप्टेन झै हामी बस जहाज तै्याइ रहेकाछौ जसको कुनै दिशा छैन् ।  कुनैबेला सत्ताधारीहरुको निदहराम गर्ने संयूक्त विद्यार्र्थी आन्दोलन यदा कदा मुल्य वृद्धि हुँदा शान्ति वाटिका र मण्डला हुदै बानेश्वर पुग्ने संयूक्त आन्दोलनको व्यानरमा समिति बनेको छ । मैले यसो भनेर गौरवशाली इतिहास बोकेको संयूक्त विद्यार्र्थी आन्दोलनलाइ कदाचित अवमुल्यान गर्न खोजेको होइन्, बरु हामी भित्र रहेको गम्भिर आत्म समिक्षाको पाटोलाई इङ्गित गर्न खोजेको हुँ ।
 
गणतन्त्र संघियता,धर्मनिरपेक्षता,समानुपातिक समावेशीता सहितको मुलुकका हामी नागरिक बनेका छौँ । स्वास्थ्य,शिक्षा,रोजगारी,मनोरन्जन,सुरक्षा,यौनसम्म हाम्रा मौलिक अधिकार बनेका छन । यस्तो अवस्थामा विद्यार्र्थी आन्दोलनका पनि कार्यभारहरु स्वत नविकरण गर्न आवश्यक छ । शिक्षा र स्वाथ्य एउटा यस्तो क्षेत्र बनेको छ, जहाँ लगानि सबै भन्दा बढि सुरक्षीत छ र मुनाफा दु्रत गतिमा प्राप्त गर्न सकिन्छ । एकातिर यहाँ रहेको शिक्षामा निजिकरण एवं व्यापारिकरण र  वर्षमा करिब अध्ययन कै शिर्षकमा देशबाट बाहिरिने ३५ अर्ब रुपैयाँको यथोचित हिसाव खोज्न आवश्यक छ । विदेशिने विद्यार्र्थीलाई यहाँका शिक्षण संस्थामा आकर्षित गराउन र निजी शिक्षण संस्थाका विद्यार्र्थीलाई क्रमश सामुदायिक,सरकारी तर्फ आकर्षिक गराउन आजको आवश्यक्ता हो । गरिब परिवारका विद्यार्र्थीको पनि शैक्षिक करियर फलाउन फुलाउन हाम्रो अहिलेको मुख्य कार्यभार बन्नु पर्छ । हुदाखानेका छोराछोरी जेनतेन हातमुख जोडेर पठनपाठन गर्न बाध्य छन भने हुनेखानेका छोराछोरी वातानुकुलित कोठामा मल्टिमिडिया र ल्यापटप पल्टाउँर्दै विश्व स्तरिय प्रतिस्पर्धी विद्यार्र्थी बनिरहेका छन् । बेन्च नपाएर उभिएर क्लास लिने र वङ्क कल्चर बाट अन्यत्रै मोडीएका दुवै विद्यार्र्थीका जमात लाई उत्प्रेरक र मार्गदर्शक बन्न हामीले तत्परता लिनैपर्छ ।
 
संगठन
विद्यार्र्थी संगठन आवधिक संगठन हो । यो जमेको पोखरी हैन हरदम वगिरहने नदि जस्तो हो । तर हाम्रो संगठनले २०६० देखि २०७४ को विचमा करिब ७ वटा सम्मेलन सम्पन्न गर्नुपर्नेमा हामीले नेतृत्व आवश्यकता र विशिष्टता को नाममा ४ वटा मात्र सम्मेलन सम्पन्न ग्यौ । फलस्वरुप करिब ३ वटा सम्मेलन कोल्याप्समा प्र्यो र ३ तहको नेतृत्वको ब्याच आइसोलेसनमा परेको छ । यसलाई हल गर्नको निम्ति कम्तिमा एउटा पुस्ताले चौडा छाती बनाएर त्याग गर्न साहस गर्नुपथ्यो । तर उल्टै सबैको पालो पुग्ने गरी ३ महिने ६ महिने जिम्मेवारी भन्दै सबैलाई खुसी पार्ने आलोपालो र तदर्थवादी संस्कारमा हामी रुमलिन बाध्य भयौं । यसको ठूलो मार इकाइ–इकाइबाट प्रत्येक बर्ष उत्पादन हुने फ्रेस विद्यार्र्थी नेताहरुको टिम लाइ परेको छ । केन्द्रिय समितिबाट बैठक,भेला गरी एक जना विदाइ हुने र अरु सबै रहने प्रणालीले “जोवन ढल्काउने” प्रवृति लाई मलजल गरेको छ । यसो हुनुमा नियमिति सम्मेलन नहुनु एउटा पाटो हो भने, पार्टीले पनि विद्यार्र्थीमा उत्पादन भएका नेता कार्यकर्तालाइ पार्टीका कमिटी र विभिन्न निकायमा भर्ति गर्ने योजना ल्याउन नसक्नु अर्को पाटो हो । पार्टी कमिटिमा युवा जनशक्तिको ठूलो अभाव छ र बुढाहरुले जेनतेन पार्टी चलाउनु पर्ने वाध्यता छ, मैदान खाली छ, निर्वाचनमा उम्मेद्धार बन्ने यूवाहरुको खडेरी छ तर विद्यार्र्थी संगठनमा जोवन ढल्काउने प्रवृति हावि छ । विद्यार्र्थी संगठनको मैदान यति भिडभाड छ कि हामी हजार माथीको केन्द्रिय कमिटि बोकेर हिड्न बाध्य छौ, जहाँ राजनैतिक अक्सिजनको पनी पर्याप्तता छैन भने खुट्टो टेक्न मुस्किल छ । एक जना विद्यार्र्थी नेता आफ्नो २० औ वर्षे विद्यार्र्थी आन्दोलनको इतिहास देखाएर नेतृत्वको दावी गर्ने पर्ने बाध्यता छ । यदि विद्यार्र्थी संगठन आवधिक संगठन हो भने एकजना नेताले १२ देखी १५ वर्षसम्ममा साधारण सदस्य देखि केन्द्रिय पदाधीकारी वा अध्यक्ष सम्मको यात्रा पार गरिसक्नु पर्छ । नेवी संघ जस्तो पुरातन चिन्तन बोक्ने संगठनले आगामि सम्मेलन बाट ३२ वर्षको उमेरको हदबन्धि लगाउने निर्णय गरिसकेको सन्दर्भमा हामीले पनी उमेरको कुनै न कुनै हदबन्दि तोक्न आवश्यक छ । हो संगठन अहिले टुटफुट, एकता लगायत विभिन्न उतारचढाव बाट गुज्रदै आएको सत्य होे । विविध जटिलताहरु र ठूलो संख्यामा रहेका नेता कार्यकर्ताहरुको व्यवस्थापनको चाप भएता पनि,उमेर हदबन्दीको सवालमा खुल्ला छलफलबाट कति राख्ने,कहिलेबाट लागु गर्ने जस्ता प्राविधिक कुराहरु टुङ्यायौ ।  घाटि घाटिमा आएको नेतृत्व प्राप्तीको प्रश्नलाई उमेरको बहस उठाएर हरण गर्न खोजियो भनेर कसैले नसोचौ । साथै यति उमेर लगाए म बाहेक सबै विदाइ हुन्थे र नेतृत्वको स्वत दावेदारी मेरै पोल्टोमा आउथ्यो भन्ने दुवै सोचबाट मुत्त भएर उमेरको हदबन्दीको प्रश्न अहिलेको आवश्यक्ता हो भन्ने बोधका साथ सम्मेलनबाट यस विषयमा केहि निति पास गरौँ ।
 विद्यार्र्थी संगठन कुनै एउटा पार्टी प्रति समर्थन गर्न वा झुकाव राख्ने हुनुपर्ने भएतापनि मुल पार्टीको पुच्छर हुनबाट हामीचाही मुक्त हुनैपर्छ । आफ्नै एजेण्डा निति कार्यक्रम योजना नेतृत्व र सत्व सहितको स्वायत्त संगठन बनाउन को निम्ति २१ औ सम्मेलनले ठोस कदम चाल्न आवश्यक छ । जसले गर्दा गुम्दै गएको हाम्रो विश्वसनियता फर्काउन सकियोस ।
यो सँगै बदलियो परिस्थितिमा संगठन भित्र प्रचुर मात्रामा जनवाद वा लोकतन्त्रको प्रयोग गर्न पनी हामी उदार हुनैपर्छ । उमेर हदबन्दि लगाएर घाटीमा आएको नेतृत्वको दावेदारी हत्याउने भए भन्ने मनोविज्ञान र उमेर लगाएर नेतृत्वको वैतडी तर्ने अभिसप्तबाट मुक्त भइ स्वाथ्थ वहसमार्फत यो विषयको निरुपण गरौ ।
कस्तो नेतृत्व
सम्मेलन भन्ने वित्तिकै मुख्यत निती कस्तो बनाउने भन्दा पनी नेता को बन्ने ? भन्ने होड बाजी चल्ने कुरा स्वभाविक बन्दै गएको छ । अझ हाम्रो सन्दर्भमा त निति भन्दा नेतृत्व प्रधान हो भन्ने बुझाइ पनि कायम छ र कतिपय सन्दर्भमा पुष्टि पनी भएका छन् । नेतृत्वको सवालमा मुख्यत यी पाँच वटा पक्षमा ध्यान दिन आवश्यक छ ।
क) पारदर्शी नेतृत्व :  विद्यार्र्थी संगठनको नेतृत्व गर्ने नेता आर्थिक रुपमा पारदर्शी हुने कुरा अधारभुत मापदण्ड हो । कलेजको सेयर होल्डर,एफिलियसन र सरुवा,वढुवाका फाइल बोक्ने र संगठनको पोर्टफोलियो लाई आफ्नो धन्दा संग सौदावाजी गर्ने माध्यम बनाउने नेतृत्वले अबको आन्दोलनलाइ एक इन्च अगाडि बढाउन सक्दैन । तसर्थ नेतृत्व उपलब्ध श्रोत साधनलाई संगठनको हितमा अधिक्तम प्रयोग गर्ने हुनुपर्छ न कि आफ्नो भकारी भर्न उद्यत ।
ख) विद्यार्र्थी मैत्री नेतृत्व :  हाम्रो नियती भनौ या बध्यता विद्यार्र्थी संगठन किसान संगठन जस्तो बन्न गएको छ । जीवनमा कहिले विश्वबिधालय नटेकी जेनतेन स्नातक सकेका वा १२,१५ वर्ष अगाडि विश्वविधालय छोडेका नेताले विद्यार्र्थी आन्दोलनको नेतृत्व गर्न सक्दैन । कम्तिमा विद्यार्र्थीको परिक्षा प्रणाली,करिकुलम,अतिरिक्त क्रियाकलाप,स्ववियू,काउन्सिलका काम कर्तव्य,अधिकार लगायतका विषय बुझने र आवश्यक पर्दा ती प्रणालीहरु बदल्न सक्ने नेतृत्व अहिलेको आवश्यकता हो । विद्यार्र्थीको विचमा बाउ छोराको जस्तो हैन साथी भाइको जस्तो अन्तरघुलन कायम गर्न सक्ने र त्यो स्तरको प्रभाव पार्न सक्ने मान्छेलाइ हामीले सबै तहका नेतृत्वमा ल्याउन मेहनत गनुपर्छ ।
 
ग) सहज र सरल नेतृत्व
विद्यार्र्थी संगठनका नेताहर साह्रै भारी,उपलब्धै नहुने,खर्चिला एवंम भडकिला भएका छन् । तर्सथ नेतृत्व चयन गर्दा सहजता पूर्वक उपलब्ध हुने , साह्रो,गाह्रो समस्या पर्दा अह्रनखटन मात्र गरेर बस्ने होइन आफै मैदानमा उत्रिने र समस्या समाधान गर्न तत्परता देखाउने खालको हुन आवश्यक छ । सामान्य विद्यार्र्थीले समेत सहजता पुर्वक पहुंच राख्न सक्ने विद्यार्र्थी नेता चयन गर्न सकियो भने नेतृत्व र विद्यार्र्थी विचको सम्बन्ध मात्र हैन, विद्यार्र्थी र संगठन विचको सम्बन्धलाइ नै जिवन्त बनाउन सकिन्छ ।
 
घ) समावेशि समानुपातिक
नेपालका महत्वपुर्ण राजनीतिक उपलब्धि  संघियता,गणतन्त्र,धर्मनिपेक्षता,समावेशि समानुपातिक प्राप्त गर्न हजारौ विद्यार्र्थी नेतारुको वलिदान भएको छ । आज राज्य प्रत्येक निकायमा समावेसिता र समानुपातिक प्रणाली लाइ अवलम्बन गर्न बाध्य भएको छ । यो प्रणालीको अभियान्ता र अगुवा हुनको नाताले पनि अनेस्ववियू (क्रान्तिकारी)ले आफ्ना प्रत्येक कमिटिहरुमा जनजाति,आदिवासी,थारु,मधेसी,महिला,दलित,मुश्लिम र अल्प संख्यकको पर्याप्त प्रतिनिधित्व सुनिश्चित गर्न आवश्यक छ । विधानले कुनै कन्जुस्यांई नगरि सम्पुर्ण देशको सिमा भित्र रहेका सबै समुदायहरुको एउटा सुन्दर चित्र देखिने गरि नेतृत्व चयन गर्न अवश्यक छ ।
ङ) एकता धुर्विकरण मैत्रि
हाम्रो मुल पार्टी नेकपा (माओवादी),एनेकपा (माओवादी) हुदै नेकपा (माओवादी केन्द्र) भएको छ । यस विचमा विभिन्न घटकहरु सगं सिगै वा आंसिक एकताहरु भएका छन् । एकता बाट दुुइखालको मनोविज्ञान जीवितै छ । पार्टी सहि अर्थमा पार्टी बनिसकेको छैन्, बन्ने क्रममा छ । एउटा मनोविज्ञान, जो हिजै देखि पार्टीको मुल नेतृत्व अर्थत पार्टी अध्यक्ष प्रचण्डलाइ सहयोग गर्दै आयो । यो मनोविज्ञानमा घनत्वको हिसावले वढि नेता कार्यकर्ताको उपस्थिति छ र अन्यायमा परेको अनुभुति गरेको छ । एकताबाट आएका अन्य घटकका साथी सिनियर बनेर आएको र आफु अन्यायमा परेको अनुभुति छ ।
अर्को मनोविज्ञान जो पक्षधरताका कारण विभिन्न घटकमा पुगे,एउटा नेतालाई समर्थन गरे र फरक निष्कर्ससाथ पुन मुलधारमा धुर्विकरणबाट आए उक्त मनोविज्ञान आफुलाइ सहायक भुमिकाको असलि भगिदार तर मुख्य भुमिकाबाट आफुलाइ टाडा देखछन् । मुख्य भुमिकामा चियाउन पनि असहज मान्छन् ।
 
 अतः आगामि सम्मेलनले यी दुवै प्रवृति र मनोविज्ञानलाई पार्टी आन्दोलनमा कोहि पनि काखा पाखा पारिन्न भन्ने भावना पैदा गराउन  आवश्यक छ । सबैको राजनीतिक भविष्य शुनिश्चित गर्ने गरि एकताको बलियो सन्देश दिन आवश्यक छ ।
च) जनयूद्धको उत्पादनबाट विश्वविधालयको उत्पादन
यस अघिका र हाल सम्मका सम्मेलनमा पनि हामी जनयूद्धले उत्पादन गरेका नेताहरुले नेतृत्व गर्न पर्ने बहसमा थियौ र छौ  । तर जब तपाइ २२ देखि २५ औ सम्मेलनको चित्र सम्झिनु हुन्छ  तब जनयूद्धको उत्पादनबाट त्यतिबेलाको नेतृत्व सम्भव छैन् ।अहिलेका बहुसंख्यक पधादिकारी मै शान्ति प्रकृया पछि जोडिएका नेता कार्यकर्ताको घनत्व छ, खुला संघर्षको नेतृत्व गरेका,स्ववियू चुनाव जितेका,जीताएका र कलेजको ग्रासरुटबाट आएको पंतिको बाहुल्यता छ । नेतृत्व हस्तान्तरणको उपयूक्त आखाँले यो पंतिलाई सचेतता पुर्वग नेतृत्वमा विकास गर्न यहि सम्मेलनले ढोका खोल्न पर्छ । २१ औ सम्मेलनले यी सबै विषयमा मथिङगल हल्लाउन र मिहेनत गर्न हुने कसर बाकि नराखौं ।
६) नेतृत्व चयन
हामीले नेतृत्व चयनका लागि निर्वाचनमा जाने गरिको कार्यविधि पास गरिसकेका छौ । आचार संहिता पनि जारी गरि सकेका छौ । प्रचार प्रसारका भडकिला माध्यममा रोक लगाइएको छ भने मनोनयन दर्ता अगाडि उम्मेद्धारी सार्वजनिक गर्न अंकुस लगाइएको छ । नेतृत्व चयन गर्दा स्वस्थ,मर्यादित,कम्यूनिष्ट आचरण भित्र रहने गरि गर्न आवश्यक छ,निर्वाचनले सगै लिएर आउने विकृतिलाई मनन गर्दै त्यसबाट बच्न पनि आश्यक छ  । विद्यार्र्थी र यूवाहरुको सम्मेलनमा विगतमा रक्सि र कण्डमको व्यापार अत्याधिक हुने गरेका खराब नजिर हरु हाम्रा सामु जिवितै छन् । जसलाई छेउ पर्न नदिन सम्मेलन स्थल वा वास्थानमा स्वअनुशासन र निर्वाचन समितिको विषेस निगरानी जरुरी छ । केहि समय अघि सम्पन्न नेवि संघका सम्मेलनमा विद्यार्र्थीकै हाराहरीमा गाडिका चालक,सहचालकहरु प्रतिनिधि बनेको र सम्मेलन लम्बिदै जादा लम्बिएको प्रत्येक दिनको निम्ति बुढानिलकन्ठ दरबारबाट दैनिक ५० लाख निकासा भएको खबरले छापा तातेका थिए । यी सबैबाट मुक्त हुन र न्यूनतम कम्यूनिष्ट आचरण पालना गर्न पार्टी र विद्यार्र्थीका सबै निकाय परिचालित हुन आवश्यक छ । भाद्र ११ गते एउटा विशाल घोषणा सभा मार्फत सुस्ताएको नेपालको विद्यार्र्थी आन्दोलन लाइ झकझकाउने गरि एउटा समृद्ध निती एवं सवल नेतृत्व घोषणा गर्न हामी सबै लालायित बनौं ।
 
(लेखक नेकपा (माओवादी केन्द्र) निकट अखिल(क्रान्तिकारी)का केन्द्रिय उपाध्यक्ष एवं थापाथली इन्जिनियरिङ्ग क्याम्पसका निवर्तमान स्ववियू सभापति समेत हुन ।)

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

युवराज दाहाल
युवराज दाहाल
लेखकबाट थप