शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आज सुनको मूल्य कति छ ?

मङ्गलबार, २२ पुस २०७६, ११ : २२
मङ्गलबार, २२ पुस २०७६

आज सुनको मूल्य ५ सयले घटेको छ । केही दिनदेखि निरन्तर उकालो लागेको सुनको मूल्य मंगलबार घटेको हो ।

सोमबार बढेर ७६ हजार पुगेको सुनको मुल्य आज ५ सय घटेर तोलाको ७५ हजार ५ सयमा कारोबार भइरहेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन भने ७५ हजार २ सयमा कारोबार भइरहेको छ । 

यस्तै, चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ। चाँदी ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी तोलामा २० रुपैयाँ बढेर ९२० रुपैयाँमा कारोबार भएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप