बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

टीकापुर घटनापछि छिन्नभिन्न भएका मनहरू

मङ्गलबार, २२ पुस २०७६, ११ : ४६
मङ्गलबार, २२ पुस २०७६

करिब साढे चार वर्ष अगाडि कैलाली टीकापुरमा थारूहटको आन्दोलन हिंसात्मक बन्दा आठ सुरक्षाकर्मीसहित एक बालकको ज्यान गयो । घटनापछि अदालतले टीकापुर घटनामा दोषी भन्दै कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशम चौधरीलाई जन्मकैदको फैसला गर्यो । त्यससँगै जिल्ला अदालतले १२ जनालाई तीन तीन वर्ष कैद तोक्यो । त्यो घटना पछाडि स्थानीय थारू समुदायको अवस्था कस्तो छ ? थारू समुदायमा कस्तो खालको मनोवैज्ञानिक असर अझै पनि बाँकी छ ? थारू जाति र अन्य जातबीचमा सम्बन्ध कस्तो छ ? भन्ने कुरामा धेरै  बेखबर जस्तै छन् ।

कैलालीमा घटना भएको करिब एक घण्टापछि थारू समुदायका घरहरू भत्काइए । छाना, पाली र घरका डाँडाभाटा छिन्नभिन्न बनाइएसँगै स्थानीयवासीको मन पनि छिन्नभिन्न भयो ।

यही घटनालाई चित्रकार लवकान्त चौधरीले सिद्धार्थ आर्ट अफ ग्यालोरी बबरमहलमा एकल चित्रकला प्रदर्शनी गरेका छन् । उक्त प्रदर्शनीमा उनले कैलाली घटना हुनुभन्दा अगाडिका थारू समुदायका घर, दुईपाखे खरले छाएका छाना अनि त्यसमै एकपाखे खरकै पालीमुनि पिँढी, बाँसका भाटाले बारेर पहेँलो माटोले पोतेको भित्ता, एक पाखे छानोमुनि रातो माटोले पोतेको पिँढी उनले चित्रकलामार्फत प्रस्तुत गरेका छन् । त्यही छिन्नभिन्न भएका घर अनि त्योभन्दा अगाडिका सग्ला घरको बीचमा एक जना अधबैँसे मानिस निदाइरहेको चित्र पनि छ ।

टीकापुर घटना पछाडि थारू समुदायमा मानसिक रूपमा परेको नकारात्मक प्रभाव र अवस्थाको बारेमा बुझ्ने र समाधान गर्ने कोसिस कमैले गरे भन्ने कुरा चित्रकार चौधरीले प्रदर्शनमा राखेका उक्त तस्बिरले आभास दिलाउँछ । टीकापुर घटनाको पर्दापछाडिको अवस्थाका बारेमा चर्चापरिचर्चा नभएका कारण चित्रमार्फत जानकारी दिएको चित्रकार चौधरी बताउँछन् ।


टीकापुर घटनापछि थारू समुदायका मानिसको जीवनमा धेरै उतारचढाव आएको उनको चित्रमार्फत थाहा पाउन सकिन्छ । टीकापुर घटनाका कारण स्थानीय थारु समुदायका मानिसमा आएको नकारात्मक उचारचढाव र समुदाय अहिले देखापरेको जातिय विग्रह चित्रकार चौधरीको सिर्जनामा देख्न सकिन्छ ।

 


दस वर्षे जनयुद्ध अनि मधेस अन्दोलनमा देश र जनताका लागि त्याग अनि बलिदानमा थारू महिलाको भूमिका सशक्त थियो । यही क्रममा देश र जनताका लागि पिठ्युँमा बच्चा बोकेर हातमा झण्डा ठड्याउँदै २०६२/६३ आन्दोलनमा सहभागी हुने थारू महिलाको पनि कमी थिएन । दस वर्षे जनयुद्धका क्रममा लडाकुको कमान्ड थाम्ने थारू महिलाको पनि कमी थिएन । महिलालाई  अन्यायमा पारियो भने पुनः आमाहरू पिठ्युँमा बच्चा बोकेर हातमा कालो झण्डा ठडाउँदै अघि बढ्न बाध्य हुने उनले कोरेको चित्रमा देख्न पाइन्छ ।

टीकापुर घटनाको बहाना बनाएर घटना घटेको एक घण्टापछि थारू महिला छानीछानी दुव्र्यवहार गरिएको थियो । विभिन्न बहाना बनाएर महिलामाथि हुने दुव्र्यवहारका विरुद्धमा बच्चा बाकेर हातमा कालो झण्डा ठडाउँदै महिलाहरू आन्दोलनमा उत्रिएको तस्बिरमा चित्रण गरेका छन् । त्यस घटना पछाडि महिलाहरूमा परेको शारीरिक तथा मानसिक अवस्था बारे कसैले पनि चासो नदिएका कारण कलाकारितामार्फत प्रकाशमा ल्याउने काम  चौधरीले गरेका छन् ।

टीकापुर घटनापछि थारू समुदायका मानिसको जीवनमा धेरै उतारचढाव आएको उनको चित्रमार्फत थाहा पाउन सकिन्छ । टीकापुर घटनाका कारण स्थानीय थारु समुदायका मानिसमा आएको नकारात्मक उचारचढाव र समुदाय अहिले देखापरेको जातिय विग्रह चित्रकार चौधरीको सिर्जनामा देख्न सकिन्छ ।

 फाइन आर्ट अध्ययन गरेका चौधरीले थारू समुदायमा भएका विभिन्न घटनाक्रमलाई चित्रमार्फत व्यक्त गर्ने गर्छन् । थारू समुदायमा विगतदेखि वर्तमानसम्म सामाजिक, आर्थिक, राजनीतिक, पेसा व्यवसाय साथै त्यहाँको दैनिकीमा आएको परिर्वतन र परिर्वतनको नाममा हुने घटनाक्रमलाई गहन अध्ययन गरेर चित्रमार्फत व्यक्त गर्ने गरेको उनले बताए ।

कलाकारितामार्फत समाजमा भएका विभिन्न गतिविधिलाई कलाकारले प्रकाशमा ल्याउने गरे पनि थारू समुदायको अध्ययन गरेर हुबहु देखाउने प्रयास चित्रकार चौधरीले गहिरो अध्ययन गरेर चित्र उत्रान्न सफल भएको लेखक इन्दु थारूले बताएकी थिइन् ।

 यही क्रममा उनले गर्मी याममा घामबाट बाच्नका लागि शिरमा फेटा बाँधेर कलेजी रङको ब्लाउज अनि निलो रङको लेहेङ्गा लगाएकी एक अधबैँसे महिला । अनि खुट्टामा टाटु अर्थात ‘गोदनामी’ खोपेकी ती महिलाले पानीको छालमा हेल्का थापेर माछा मार्दैछन् । चित्रमार्फत थारू समुदायमा महिलाको अवस्था कस्तो छ ? कस्ता काममा संलग्न छन ? त्यस्तै पुरुषको दैनिकी कसरी बित्छ ? विगतदेखि परम्परागत रूपमा उनीहरूले अपनाउँदै आएको पेसा, व्यवसाय के हो ? थारु समुदायमा कस्ता खालका सकारामत्क तथा नकारात्मक परिर्वतन आएको आएको छ भन्ने कुरा चित्रकार चौधरीले कोरेको सिर्जनाबाट थाहा पाउन सकिन्छ ।

चित्रमार्फत थारू समुदायको आवाज बुलन्द गराउने काम चित्रमार्फत चित्रकार चौधरीले प्रयास गरेको राजनीतिक विश्लेषक तथा लेखक सीके लालले बताए । थारु समुदायको आवाज बुलन्द बनाएर अधिकार स्थापित गर्नका लागि सबैले आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्न आवश्यक भएको प्रदर्शनमा राखिएको तस्बिरको अवलोकन पछाडि बताएका थिए ।

आवाज सशक्त बनाउनका लागि यसरी चित्र कोरेर मात्रै नहुने उनको भनाइ थियो । थारू समुदाय मात्रै नभएर अन्य जातजातिमा सकारात्मक परिर्वतन र अधिकार  स्थापित गर्नका लागि कलाकारितासँगै आन्दोलन आवश्यक भएको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप