बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पोखरामा टीका र सञ्जीवको युगल साँझ

मङ्गलबार, २२ पुस २०७६, ११ : ५३
मङ्गलबार, २२ पुस २०७६

पोखरा । पछिल्लो समय चर्चामा रहेकी गायिका टीका प्रसाईँ र गायक सञ्जीव पराजुलीको युगल साँझ हुने भएको छ । बाबा एजुकेशन कन्सल्टेन्सीको मुख्य प्रायोजनमा आगामी माघ ४ गते पोखरा उद्योग वाणिज्य सङ्घको सभा हलमा युगल साँझ आयोजना हुन लागेको हो ।

‘नाई मलाई थाहा छैन...,’ ‘कर्के नजर...,’ ‘माया लुकी लुकी...’ लगायत दर्जनौँ चर्चित गीतमा स्वर दिएका सञ्जीव र टीका युवा पुस्ताका स्थापित कलाकार हुन् । उनीहरुको गायन जोडीलाई पोखरामा युगल रुपमा प्रस्तुत गर्नका लागि अनुपम म्युजिक पोखराका प्रबन्ध निर्देशक अनुराग अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको छ ।

अनुपम म्युजिकका नुराग अधिकारीले उनीहरुको प्रस्तुतिलाई पोखराका सङ्गीत प्रेमीमाझ प्रस्तुत गर्नु पर्ने आवश्यकता बोध भएकोले युगल साँझ गर्न लागेको बताए ।

गराइसकेका उनले अग्रजप्रतिको सम्मान र समकालीन र अनुजप्र्रतिको जिम्मेवारीबोधका कारण यो क्रम जारी राख्ने धारणा सुनाए ।

कार्यक्रममा सञ्जीव र टीकाका आफ्ना नयाँ तथा पुराना तथा केही करिव १ दर्जन गीत सुनाउने छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप