शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सिड्नीमा पर्यटनमन्त्री योगेश भट्टराई नेतृत्वको भ्रमण वर्षको र्‍याली गर्न रोक

मङ्गलबार, २२ पुस २०७६, १२ : ००
मङ्गलबार, २२ पुस २०७६

सिड्नीका सुरक्षाकर्मीले नेपालको भ्रमण वर्ष २०२० को र्‍याली गर्न रोक लगाएको छ ।

साउथ एसिया डट कम डट एयूका अनुसार आयोजकले र्‍याली आयोजनाका लागि सम्बन्धित पक्षसँग कुनै अनुमती नलिएको जानकारी दिएको छ ।

उक्त र्‍याली पर्यटनमन्त्री योगेश भट्टराई, अष्ट्रेलियाका लागि नेपाली राजदूत महेश राज दहाल, कन्सुल जनरल दिपक खड्का र चन्द्र योञ्जनको नेतृत्वमा उक्त र्‍यालीको आयोजना हुन लागेको थियो ।

एनएसडब्ल्यूको इभेन्ट प्लानिङ युनिटले आयोजकलाई विभिन्न कारणसहित उक्त र्‍याली आयोजनामा रोक लगाएको छ । उक्त कार्यक्रम प्रचारप्रसार र व्यापारिक लाभमा आधारित भएको र र्‍याली आयोजनाका लागि कानूनको पालना नगरेको उल्लेख छ ।

र्‍यालीमा सहभागीहरुले पैदल यात्रुलाई समस्या निम्त्याउने अनुमान गरेर पनि पुलिसले यसो गर्न रोक लगाएको बताएका छन् ।

सिड्नीका अकाउन्टेन्ट र एनआरएनएका पूर्व कोषाध्यक्ष दिल खरेललाई र्‍याली आयोजनाका लागि अनुमती लिन लगाइएको थियो ।

Photo: Prakash Humagain

उनले र्‍याली आयोजनाका लागि अनुमती नपाएको बारे आयोजकलाई जानकारी दिएको दाबी गरे । यसरी र्‍याली आयोजना गर्ने योजना पनि नभएको उनले बताए ।

तर मानिसहरु जम्मा भएको देखेर कसैले उक्त भीडलाई र्‍यालीमा रुपान्तरण गर्न खोजेको पनि उनले बताए ।

अष्ट्रेलियामा बसिरहेका पत्रकार प्रकाश हुमागाईंले नेपालका पर्यटनमन्त्री योगेश भट्टराई उपस्थित उक्त कार्यक्रममा भएको चरम लापरवाहीमाथि दुःख व्यक्त गरे ।

‘र्‍यालीमा सहभागीहरुलाई सुरक्षाकर्मीले रोक्दा निकै दुःख लागेको थियो । उनीहरुले आयोजकलाई लापरवाह भएको भन्दै आलोचना गरे, ’ हुमागाईंले भने ।

अष्ट्रेलियामा यतिबेला इतिहासकै गम्भीर र संघीन मोडमा छ । चार महिनादेखि लागिरहेको डढेलो अझैसम्म पनि नियन्त्रणमा आएको छैन र यस्तो अवस्थामा नेपालको पर्यटन वर्ष २०२० का प्रचारप्रसार मूलक कार्यक्रमको आयोजना गरेको भन्दै आलोचना पनि गरिरहेको छन् ।

यद्यपि, गैर आवसीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाका अध्यक्ष केशव कँडेलले आजको कार्यक्रम पूर्वानिर्धारित भएको र यसैका लागि पर्यटनमन्त्रीले अष्ट्रेलिया भ्रमण गरेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप