मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

गायिका त्रिशाला गुरुङ चढेको मोटरसाइकल दुर्घटना

मङ्गलबार, २२ पुस २०७६, १२ : ३५
मङ्गलबार, २२ पुस २०७६

निकै सुरिलो स्वरकी धनी भनेर चिनिने गायिका त्रिशाला गुरुङ चढेको मोटरसाइकल दुर्घटना भएको छ ।

दुर्घटनाका कारण उनको निधारमा चोट लागेको छ भने एउटा आँखा पनि निलो भएको छ । साथै उनका हत्केला र हातमा पनि चोट लागेको उनले जानकारी दिएकी छिन् ।

त्रिशालाले आफ्नो आधिकारिक फेसबुक पेजमा यसबारे जानकारी दिएकी हुन् । उनले फेसबुकमा दुईवटा भिडियो स्टोरी राखेर उक्त दुर्घटनाबारे बताएकी हुन् ।

त्रिशालाले पठाओ सेवा प्रयोग गर्दा दुर्घटनामा परेको पनि जानकारी दिइन् । यद्यपि, दुर्घटनाका लागि पठाओ सेवा र चालकलाई दोष दिन भने नचाहेको उनले स्पष्ट पारिन् । पछाडि बस्नेलाई पनि हेल्मेट दिने वा अनिवार्य रुपमा हेल्मेट  लगाउनै पर्ने नियम बनाए यस्ता सेवा अझै राम्रो हुने भन्दै उनले पठाओलाई सल्लाह पनि दिएकी छिन् ।

त्रिशालाले विभिन्न कभर गीतहरु गाउने गर्छिन् । नेपाली सांगितिक क्षेत्रमा उनले आफ्नो छुट्टै पहिचान बनाउन सफल भइसकेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप