शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

साँपको पनि मुटु र हड्डी जस्ता अंगहरु हुन्छन् !

मङ्गलबार, २२ पुस २०७६, १४ : २९
मङ्गलबार, २२ पुस २०७६

 

साँप तपाई हमीलेदेखे जानेकै जीव हो यो टाउकोदेखि पुच्छारसम्म नै करीब करीब डोलो हुन्छ । यसको  एका पट्टि मुख र अर्कोतिर पुच्छर हुन्छ । यो लचिलो हुन्छ । र, यसको हड्डी हुँदैन जस्तो हामीलाई लाग्छ ।

झट्ट हेर्दा साँपको बनौट यस्तो देखिन्छ । तर यस्को टाउको र पुच्छरबीचको भागको बनौट अति जटील हून्छ । यसको त्यही भागबीचमा मेरुदण्ड,पाचन प्रणली, एउटा केलजो, एउटा मुटु र मेरुदण्ड भएका प्राणीहरु पाईने अन्य प्रायः सबै अंगहरु हुन्छन् ।

साँपको प्रमुख विशेषता  भनेकै यसको खुट्टा  हुँदैन । अर्को कुरा, साँपको आँखा ढाक्ने छालानै हुँदैन । यसले गर्दा साँपको आँखा शिसा जस्तो स्थिर, नझिम्किने हुन्छ यसको आँखा ढाक्ने छालाको सट्टामा नचल्ने पारदर्शी पत्र रहेको हुन्छ । 

धेरै साँपको एउटा मात्रै फोक्सो हुन्छ । फलतः साँपको शरीरमा अन्य अंगहरुका लागि धेरै ठाउँ हुन्छ । तर अजिंगर र अन्य केही जातीका साँपहरुमा भने दुइटा फोक्सोहरु हुन्छन् ।

साँपको कान पनि  हुँदैन । तर कम्पनप्रति यीनीहरुको शरीर अति संवेदनशील हुन्छ । साँपले जमीनको कम्पानबाट आफ्नो वरिपरिको वस्तुहरुबारे थाहा पाउँछ । त्यसबाहेक, साँपको अन्य केही संवेदनशीलता हुन्छ, जसले गर्दा साँपले सुन्न नसकेपनि चाल पाउछ ।

 प्रायः सापले राम्रो देख्न सक्छ । साँपले आफ्नो शिकारलाई त्यसको आकार वा रंगबाट भन्दा त्यसको चलाइ वा गतिबाट थाहा पाउँछ । साँपको सुघ्ने शक्ति पनि अति तीब्र हुन्छ, जसको मद्दतले साँपले आफ्ना शिकार, शत्रु र अन्य साँपहरुबारे थाहा पाउँछ ।

Title Photo: https://www.scitecheuropa.eu

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप