‘सेलेक्टेड स्टोरी अफ देवकुमारी थापा’ पुस्तकको लोकार्पण
काठमाडौं । कथाकार देवकुमारी थापाको ‘सेलेक्टेड स्टोरी अफ देवकुमारी थापा’ पुस्तक मंगलबार काठमाडौंमा लोकार्पण गरिएको छ । बबरसिहं थापा सेवा गुठी विराटनगरले सो पुस्तक लोकार्पण गरेको हो । स्वर्गीय कथाकार थापाको ४ वटा कृतिबाट छानेर २१ वटा कथा ‘सेलेक्टेड स्टोरी अफ देवकुमारी थापा’ पुस्तकमा समावेश गरिएको छ ।
पुस्तकको लोकार्पण गर्दै समालोचक तथा प्रध्यापक महेश पौडेलले कथाकार देवकुमारी थापाले साहित्य क्षेत्रमा पु-याएको योगदानको बारेमा जति चर्चा परिचर्चा हुनुपर्ने त्यति नभएको उनले बताए । साहित्यमार्फत बालबालिका,महिला लैंगिकताको सवालमा साहित्यको विभिन्न विद्यामार्फत महत्पूर्ण भूमिका निर्वाह गरेपनि बेवास्ता गरेको जस्तो भएको उनले बताए ।
नेपाली साहित्यलाई विश्व मञ्चमा पु-याउन आवश्यक भएको पौडेलको भनाई थियो । ‘गुणस्तर कम भएको किताब अंग्रेजीमा अनुवाद गरिन्छ,’ उनले भने, ‘पठनीय साहित्यहरु अनुवाद गरेर विश्वसाहित्य क्षेत्रमा पु-याउन जरुरी छ ।’ पैसाका भरमा विभिन्न साहित्य कृतिलाई अनुवाद गरेर विश्वजगतमा पु-याएको उनले बताए ।
समालोचक तथा प्रध्यापक लिला लुइँटेलले नेपाली साहित्यको गहन अध्ययन गरेर मात्रै नेपाल प्रज्ञा प्रतिष्ठानले रेकर्ड राख्नुपर्ने बताइन् । ‘प्रतिष्ठानले पुरुषले निकालेका साहित्यक कृतिलाई पुरुषले निकालेको भनिदिएको छ ।’ उनले भनिन्,‘स्वर्गीय कथाकार देवकुमारी थापाको केही कृति पनि प्रतिष्ठानले गल्ती रेकर्ड राखेको छ ।’
यस्तै कार्यक्रममा समाजसेवी दिनेश श्रेष्ठले विराटनगरमै बसेर साहित्य क्षेत्रमा परिचित भएकी स्वर्गीय देवकुमारी थापालाई राजधानीले वास्ता नगरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी