शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अमेरिकी उड्यन विभागद्वारा इराक, इरान र पर्सियन खाडिमाथिको आकासमा आकस्मिक संकटकाल घोषणा

बुधबार, २३ पुस २०७६, १२ : १०
बुधबार, २३ पुस २०७६

एजेन्सी । अमेरिकाको हवाई उड्यन विभाग ‘फेडरल एभियन फेडरेसन(एफएए)’ले इराक, इरान र पर्सियाली खाडिमाथिको आकासमा हवाई उडान रोक लगाएको छ ।

इरानले इराकस्थित अमेरिकी फौजको हवाई आधारमा मिसाइल आक्रमण गरेको प्रतिक्रियामा एफएएको उक्त आकस्मिक निर्देशन आएको हो ।

एफएएले अमेरिकी हवाई सेवा प्रदायकलाई गलत मूल्याङ्कन र गलत पहिचानका आधारमा सम्भावित आक्रमणका हुन सक्ने भएकाले उडानमा रोक लगाएको बताएको छ ।

‘एफएएले आज राति ‘नोटिस टू एयरम्यान(एनओटीएएमस)’ सार्वजनिक गरेको छ । यस अन्तर्गत अमेरिकी हवाई उड्यन सञ्चालकहरुलाई इराक, इरान र पर्सियन खाडि तथा ओमन खाडिमा विमान उडाउन प्रतिबन्ध लगाएको छ,’ एफएएले एक वक्तव्य निकालेर भनेको छ ।

केही अन्तर्राष्ट्रिय हवाई सेवाले पनि उक्त क्षेत्रको हवाईक्षेत्रसँग दुरी कामय गर्न थालेका छन् । ब्लुमवर्गका अनुसार सिंगापुर एयरलाइन्सले युरोप उडानको क्रममा इरानी हवाई आकासबाट अन्यत्रको बाटो रोजेको छ ।

एफएएको सूचना इरानले इराकस्थित हवाई आधारमा दर्जन बढी मिसाइल प्रहारको जिम्मेवारी लिएको केही घण्टापछि आएको हो ।

मिसाईल आक्रमण अघिल्लो हप्ता इरानी कुड्स फौज जनरल कासिम सुलेमानीको हत्याको जवाफमा आएको थियो ।

सुलेमानी अघिल्लो शुक्रबार बग्दाद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको ड्रोन आक्रमणमा मारिएका थिए । हत्यापछि वासिङ्टन र तेहरानबीचको तनाव चुलिएको छ । त्यसयता दुवै पक्षले सैन्य शक्ति प्रयोग गर्ने धम्की दिइरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप