बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अष्ट्रेलियाको धुँवा दक्षिण अमेरिका पुग्यो

बुधबार, २३ पुस २०७६, १६ : १४
बुधबार, २३ पुस २०७६

एजेन्सी । अष्ट्रेलियामा भइरहेको डढेलोबाट उत्पन्न धुँवा दक्षिण अ‍मरिकी मुलुकसम्म पुगेको छ । अधिकारीहरुले मङ्गलबार दिएको जानकारी अनुसार अष्ट्रेलियाको धुँवा दक्षिण अमेरिकी मुलक उरुग्वेसम्म पुगेको छ ।
‘यही जनवरी ६ सोमबार दिउँसोदेखि हामीले उरुग्वेको आकाशमा धुँवाका भुल्कोहरु देखिन थालेका छन्’, उरुग्वेको मौसम विज्ञान विभागद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

अष्ट्रेलियामा लागेको ठूलो डढेलोका कारण उत्पन्न धुँवाले त्यस क्षेत्रका अन्य देशहरुमा समेत असर पारेको छ । विभागका प्रविधि व्यवस्थापक लुकिया चिपोनेल्लीले उरुग्वेका सञ्चार माध्यमहरुलाई दिएको जानकारीअनुसार अष्ट्रेलियाबाट आएको धुँवाले उरुग्वेको वायुमण्डललाई समेत प्रदुषित गराएको छ । 

उनले सो धुँवाकै कारण मानवीय स्वास्थ्यमा ठूलो असर पर्ने अवस्था भने नरहेको स्पष्ट पारे । अष्ट्रेलियाको धुँवा प्रशान्त महासागर हुदै झण्डै १३ हजार किलोमिटरपछि दक्षिण अमेरिका आइपुगेको उनले बताए ।  

गत सेप्टेम्बरदेखि सुरु भएको आगलागी अष्ट्रेलियामा अहिले पनि जारी छ । आगलागीका कारण कम्तीमा २५ जनाको मृत्यु भएको, लाखौँ जंगली जनावर जलेर मरेको र ठूलो मात्रामा जंगल नष्ट भएको छ । –सिन्ह्वा
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप