भाडाको बसमा राखेर चिनियाँलाई पुर्याइयो एयरपोर्ट (फोटोफिचर)
काठमाडौँ । नेपालमा पक्राउ परेकामध्ये ४२ जना चिनियाँ नागरिकलाई भाडाको बसमा राखेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुर्याइएको छ । महानगरीय प्रहरी वृत्त महाराजगन्ज र बूढानीलकण्ठ बृत्तमा राखिएका उनीहरुलाई भाडाको बसमा राखेर प्रहरीले विमानस्थलमा पुर्याएको हो ।
प्रहरीका अनुसार ती ४२ जनालाई पहिलो चाइन इस्टर्नको पहिलो चार्टड फ्लाइटमार्फत चीन पठाइनेछ । बाँकी ८० जनालाई महानगरीय प्रहरी बृत्त सोह्रखुट्टे सिंहदरबार, महानगरीय प्रहरी परिसरको हिरासतमा राखिएकालाई भने दोस्रो फ्लाइटमा चीन पठाइएनेछ ।
जिल्ला अदालत काठमाडौँबाट १ हजार धरौटीमा रिहा भएका उनीहरुलाई यहाँको कानुनी प्रक्रिया पूरा भएपछि चीनले स्वदेश फिर्ता लैजान लागेको हो । उनीहरुलाई लिन २ वटा चिनियाँ जहाज नेपाल आएको हो ।
यसो त ३ दिनअघि नै चिनियाँ प्रहरीको ८ जनाको टोली नेपाल आइसकेको प्रहरी स्रोतले जनाएको छ। ती प्रहरीले पक्राउ परेका चिनियाँ नागरिकबाट बरामद भएका सामानहरु त्रिभुवन विमानस्थलमा बुधबार बुझेका छन् । प्रहरीले बरामद भएका सामानहरु गाडीमा हालेर विमानस्थलमा पुर्याइ चिनियाँ टोलीलाई बुझाएको थियो ।
चार्टर्ड विमानमार्फत उनीहरूलाई चीनमा लगेर थप अनुसन्धान गरिने बताइएको छ ।
पक्राउ परेकामध्ये ३१ जना चिनियाँसँग मात्र पासपोर्ट भेटिएको छ । उनीहरूको समेत पासपोर्ट रद्द गरी सबैको ट्राभल डकुमेन्ट काठमाडौंस्थित चिनियाँ दूतावासले जारी गरिसकेको छ । गत ७ पुसमा चिनियाँहरु राजधानीका विभिन्न स्थानबाट पक्राउ परेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी