शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बैंक तथा वित्तीय संस्थामा निक्षेप बढ्योः राष्ट्र बैंक

बुधबार, २३ पुस २०७६, १७ : ०९
बुधबार, २३ पुस २०७६

काठमाडौँ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा निक्षेप बढेको छ । 

पुष १ गते यता बैंकिङ प्रणालीमा २७ अर्ब ९६ करोड रुपैयाँले निक्षेप बढेको छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता डा. गुणाकर भट्टले बैंक तथा वित्तीय क्षेत्रमा ३३ खर्ब रुपैयाँ भन्दा बढी निक्षेप पुगेको बताए । 
यो अवधिमा बैंक तथा वित्तीय संस्थाहरु निक्षेप संकलनमा भन्दा कर्जा लगानीमा बढी आक्रामक देखिएका छन् । पुष १ यता बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी २९ अर्ब ९३ करोड रुपैयाँले बढेर ३१ खर्ब ९ अर्ब  रुपैयाँ पुगेको छ । निक्षेप भन्दा कर्जा लगानी झण्डै २ अर्बले बढी छ । भट्टले निक्षेप भन्दा कर्जा लगानी केही बढी भएपनि वित्तीय प्रणालीमा प्रयाप्त तरलता रहेको बताए । 

बुधबार बैंक तथा वित्तीय संस्थाहरुमा ४६ अर्ब रुपैयाँ तरलता रहेको छ । त्यस्तै बैंकहरुको कर्जा–पूँजी–निक्षेप अनुपात (सिसिडी) रेसियो ७८ प्रतिशत रहेको प्रवक्ता भट्टले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप