शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

१२२ चिनियाँलाई चीनले लग्यो, विमानस्थलमा जे देखियो (तस्बिरमा हेर्नुहोस्)

बुधबार, २३ पुस २०७६, १९ : २४
बुधबार, २३ पुस २०७६

काठमाडौँ । नेपालमा पक्राउ परेका १२२ चिनियाँ नागरिकलाई बुधबार चीनले स्वदेश लगेको छ ।  उनीहरुलाई लिन दुई वटा चिनियाँ चार्टड विमान नेपाल आएका थिए । 

पहिलो जहाजमा पक्राउ परेकामध्ये ४२ जना र बाँकीलाई अर्को जहाजमा लगिएको थियो ।  महानगरीय प्रहरी वृत्त महाराजगन्ज, सोह्रखुट्टे, सिंहदरबार र महानगरीय प्रहरी परिसरको हिरासतमा राखिएका चिनियाँ नागरिकमध्ये ४२ जनालाई भाडाको बसमा विमानस्थल पुर्याइएको थियो भने अरुलाई प्रहरीको भ्यानमा राखेर लगिएको थियो । 

जिल्ला अदालत काठमाडौँबाट १ हजार धरौटीमा छाड्ने आदेशपछि उनीहरुलाई यहाँको कानुनी प्रक्रिया पूरा गरेर चीनले स्वदेश फिर्ता लगेको हो । चार्टर्ड विमानमार्फत उनीहरूलाई चीनमा लगेर थप अनुसन्धान गरिने बताइएको छ ।
गत पुस ७ गते चिनियाँहरु राजधानीका विभिन्न स्थानबाट पक्राउ परेका थिए । 

यसो त ३ दिनअघि नै चिनियाँ प्रहरीको ८ जनाको टोली नेपाल आइसकेको थियो । ती प्रहरीले पक्राउ परेका चिनियाँ नागरिकबाट बरामद भएका सामानहरु त्रिभुवन विमानस्थलमा बुधबार बुझेका थिए ।  प्रहरीले बरामद भएका सामानहरु गाडीमा हालेर विमानस्थलमा पुर्याइ चिनियाँ टोलीलाई बुझाएको थियो । 

पक्राउ परेकामध्ये ३१ जना चिनियाँसँग मात्र पासपोर्ट भेटिएको छ । उनीहरूको समेत पासपोर्ट रद्द गरी सबैको ट्राभल डकुमेन्ट काठमाडौंस्थित चिनियाँ दूतावासले जारी गरेको छ । 

चिनियाँहरुलाई चीन लैजाने क्रममा विमानस्थलमा देखिएका तस्बिरहरु हेर्नुहोस्
तस्बिरः सुवास श्रेष्ठ र सुजन पन्त

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप