शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सन्दीप लामिछानेले अष्ट्रेलियामा भइरहेको खेलमा नेपाल भ्रमण वर्षको यसरी गरे प्रचार, चौतर्फी वाहवाही

बिहीबार, २४ पुस २०७६, ०८ : ३५
बिहीबार, २४ पुस २०७६

अष्ट्रेलियन टी–२० क्रिकेट लिग बिग ब्यास खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले नेपालको भ्रमण वर्षको प्रचार गर्न नौलो र भिन्न तारिका अपनाएका छन् । उनले अष्ट्रेलियाको डढेलोबाट प्रभावित नागरिकहरुप्रति सम्मान र समवेदना प्रकट गर्दै नेपाल भ्रमण वर्ष २०२० को पनि प्रचार गरेका छन् ।

उनले एक शब्द नबोलिकनै वा सोसल मिडियामा केही शब्द नलेखिकनै आफ्नो देशबारे गरेको प्रचार भन्दै उनको चौतफी वाहवाही भएको छ । सन्दीपले यसो गरेर कतिले उनको परिपक्व, चित्ताकर्षक र दयालु व्यवहारको तारिफसमेत गरेका छन् ।


बुधबार उनको मेलबर्न स्टार क्लब र सिड्नी थन्डरबीचको खेलमा १९ वर्षे सन्दीपले आफूले लगाएको एउटा जुत्तामा आफ्नो मातृभूमीको प्रचार गरेका छन् भने अर्कोमा डढेलोले आक्रान्त अष्ट्रेलियाका जनताप्रति सम्मान व्यक्त गरेका छन् ।

उनको क्लबको ट्वीटर ह्यान्डलले सन्दीपले लगाएको सेतो जुत्ताको फोटो पोष्ट गरेको छ । जसमध्ये एउटा फोटोमा सन्दीपले ‘नमस्ते’ को चित्र बनाउँदै लेखेका छन्, ‘बुसफायर हिरोज (डढेलोका हिरोहरु)’ ।

यस्तै अर्कोमा लेखेका छन्, ‘भिजिट नेपाल २०२०’ ।

उनको क्लब मेलबर्न स्टारले सन्दीपको फोटो पोष्ट गरेर उनको तारिफ गरेको छ ।


‘स्टार स्पिनरले डढेलोबाट प्रभावित र आफ्नो देश नेपाललाई गरेको समर्थन,’ मेलबर्न स्टारले पोष्ट गरेको छ ।

सन्दीप लामिछानेको क्लबले सिड्नी थन्डरविरुद्धको आजको खेलमा ६ विकेटले जीत हासिल गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप