केन्द्रीय संस्करण

आर्मी लिगको शीर्ष स्थानमा उक्लियो

person explore access_timeपुस २४, २०७६ chat_bubble_outline0

काठमाडौं।  विभागीय टोली त्रिभुवन आर्मी क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । 

दशरथ रंगशालामा बिहिबार भएको खेलमा आर्मीले सरस्वती युथ क्लबलाई १–० गोलले हरायो । आर्मीको जितमा जर्ज प्रिन्स कार्कीले नायक बने । 

जर्ज प्रिन्सले ३०औं मिनेटमा दिनेश हेम्जनको पासमा गरेको गोलनै आर्मीको जितमा प्रयाप्त बन्यो । आर्मीका विकास खवास म्यान अफ दी म्याच भए ।

 उनले १० हजार रुपैयाँ पुरस्कार पाए । जितसँगै आर्मीले पाँच खेलबाट १२ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको साविक विजेता मनाङ मस्र्याङ्दी क्बलको ११ अंक छ । लगातार पाँचौं हार खेपेको सरस्वतीले अंक जोड्न सकेको छैन ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.