बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बलात्कार आरोपमा एक जना पक्राउ

बिहीबार, २४ पुस २०७६, २० : ३९
बिहीबार, २४ पुस २०७६

सिरहा । सिरहा प्रहरीले बलात्कारको आरोपमा एक जना युवकलाई नियन्त्रणमा लिएको छ । १४ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा सिरहा धनगढीमाई नगरपालिका – १२ ठटियाका २३ वर्षीय राकेश यादवलाई प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ परेका यादवलाई ईलाका प्रहरी कार्यालय लहानमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख उमाप्रसाद चतुर्वेदीले जनाएको छ । यादवले बालिकाको घरभन्दा करिव २ सय मिटर पर लगेर ललाई फकाइ करणी गरेको प्रहरीले जनाएको छ ।

घरमा छोरी नदेखेर खोजतलास गर्दा केटो भागकाले छोरीसँग सोधपुछ गर्दा करणी भएको थाहा भएपछि प्रहरीमा उजुरी आएको जनाएको छ । 

२२ गते वेलुका भएको घटना लगत्तै प्रहरीले यादवलाई पक्राउ गरेको थियो । पक्राउ परेका यादवलाई आज सार्वजनिक गरेको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप