बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

यी व्यवसायीले आफ्ना ट्वीटर फलोअर्सलाई १ अर्ब रुपैयाँ बाँड्दै

शुक्रबार, २५ पुस २०७६, ०८ : ३५
शुक्रबार, २५ पुस २०७६

जापानका अर्बपती युसाकू मिजावा ट्वीटरमा उनलाई फलो गर्नेलाई ९० लाख डलर (करिब १ अर्ब रुपैयाँ) रकम बाँड्ने घोषणा गरेका छन् । उनले यसलाई एक सामाजिक प्रयोग बताएका छन् । उनी भन्छन्, ‘म हेर्न चाहन्छु कि पैसाले खुसीमा कस्तो असर पुर्‍याउँछ ।’

यो रकम ती मानिसहरुलाई बाँडिन्छ जसले नयाँ वर्षको मौका पारेर युसाकूले गरेको ट्वीटलाई रिट्वीट गरेका थिए । यिनै फलोअर्समध्ये एक हजार प्रयोगकर्तालाई छानेर पैसा बाँडिनेछ । मिजावाले आफ्नो पैसाले मानिसको जीवनमा कस्तो असर पार्छ भनेर जान्न चाहेको बताए । नियमित अन्तरालमा गरिने सर्वेक्षणको आधारमा आफूले यसबारे पत्ता लगाउने पनि बताएका छन् ।

मिजावाका ६.८ मिलियन फलोअर्स छन्ः

व्यापारी मिजावाले सन् २०१० मा ट्वीटर जोइन गरेका थिए । अहिले उनका ६.९ मिलियन फलोअर्स छन् । ४३ वर्षका यी व्यापारी केही समयअघि आफ्नी श्रीमती आयमे गोरिकासँग अलग्गिएका कारण चर्चामा आएका थिए । यसको जानकारी उनले ट्वीटरमा दिएका थिए । त्यतिबेला उनका ७० लाख फलोअर्स बढेका थिए । मिजावाको नीजि सम्पत्ति दुई अर्ब डलरको छ ।

मेरो यो प्रयोगमा अर्थशास्त्रीहरुले पनि रुची राख्नेछन्ः

मिजावा एक फेशन कम्पनीका मालिक हुन् । उनले एलन मस्कको स्पेस एक्सको मद्दतले चन्द्रमामा घुमेका थिए । उनी स्पोर्टस् कार र कलाकारितामा सबैभन्दा धेरै खर्च गर्ने व्यक्तिको रुपमा चिनिन्छन् । उनले युट्युब च्यानलमार्फत् उनको गम्भीर सामाजिक प्रयोगमा शैक्षिक विशेषज्ञ र अर्थशास्त्रीले पनि रुची राख्ने आशा राखेका छन् ।

मिजावाले भने, ‘म सँग पैसा छ र खाली समय पनि’

मिजावा आफ्नो यो प्रयोगलाई न्यूनतम आधारभूत आम्दानीको रुपमा हेरिरहेका छन् । यो प्रयोगको उद्देश्य मानिसहरुलाई कुनै काम गरे बिना नै निश्चित रकम दिनु हो । जर्मनीसमेत विश्वका केही देशमा यसको प्रयोग पनि गरिएको छ । उनी जापानमा यो मुद्दामा ठूलो बहस चाहन्छन् । मिजावाले आफूसँग पैसा भएको र पैसा बाँड्नका लागि खाली समय भएको बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप