मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

युक्रेनको विमानलाई मिसाइलले हानेको दाबी गर्दै भिडियो सार्वजनिक

शुक्रबार, २५ पुस २०७६, ०९ : ०६
शुक्रबार, २५ पुस २०७६

दुर्घटना हुनअघि युक्रेनको विमानलाई मिसाइलले आकाशमा हानेको दाबी गर्दै भिडियो सार्वजनिक भएको छ । अलजजिरामा प्रकाशित समाचारका अनुसार इरानको तेहरानस्थित विमानस्थलबाट उडान भरेको विमानलाई मिसाइलले लागेको र त्यसको केही समयपछि नै बुधबार दुर्घटनाग्रस्त बनेको दाबी गर्दै भिडियो सार्वजनिक भएको हो ।

इरान र अमेरिकाबीच जारी तनावबीच युक्रेनियन इन्टरनेसनल एयरलाइन्सको पीएस ७५२विमान इमाम खोमेनी अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार उडान भरेको केही समयमा दुर्घटना भएको थियो । दुर्घटनामा विमानमा सवार १ सय ७६ जनाको मृत्यु भएको थियो ।

उक्त भिडियो पहिलो न्युयोर्क टाइम्स र सीएनएनमा सार्वजनिक भएको थियो । उता, क्यानाडेली, अमेरिकी र बेलायती अधिकारीहरुले पनि गुप्तचरको सूचनाको हवाला दिँदै विमानलाई इरानको मिसाइलले खसालेको दाबी गरिरहेका छन् ।


इरानले भने उक्त दाबीलाई खारेज गरेको छ । अधिकारीहरुले यो गल्ती हुनसक्ने बताएका छन् ।

भिडियोमा पारान्ड भन्ने स्थानको आकाशमा सानो विष्फोट भएको देख्न सकिन्छ । ‘यो त्यही स्थान हो जहाँबाट विमानले संकेत पठाउन बन्द गरेको थियो,’ न्युयोर्क टाइम्सले भनेको छ ।

पत्रिकाका अनुसार विष्फोट भएको केही मिनेटसम्म विमानले उडान भरेको र विमानस्थलतर्फ फर्कने प्रयास गरेको उल्लेख गरेको छ । ‘त्यसपछि विमान पड्कियो र दुर्घटनाग्रस्त बन्यो । विष्फोटको ठूलो आवाज पनि सुन्न सकिन्छ,’ समाचारमा भनिएको छ ।


‘यो सबै इरानविरुद्ध मनोवैज्ञानिक युद्ध हो । दुर्घटनामा ज्यान गुमाएका नागरिकका राज्यले आफ्नो प्रतिनिधि पठाउन सक्छन् र हामी बोइङलाई पनि ब्ल्याक बक्सको अनुसन्धान प्रक्रियामा सहभागी हुन अपिल गर्दछौँ,’ सरकारका प्रवक्ता अली राबेइलाई उद्धृत गर्दै इरानको सरकारी टेलिभिजनले जनाएको छ ।


स्वतन्त्र अध्ययनकर्ता र नागरिक पत्रकारको समूह बेलिङक्याटले भूगर्भिक प्रविधि र अन्य उपायहरु प्रयोग गरेर उक्त भिडियो पारान्ड भन्ने स्थानमा नै लिइएको दाबी गरेको छ ।

न्युयोर्क टाइम्स र सिएननले उक्त भिडियो आफूहरुलाई इन्टरनेट स्वतन्त्रताको अध्ययनकर्ता नारिमान घारिबले उपलब्ध गराएको र उनले त्यो भिडियो अन्य व्यक्तिबाट पाएको उल्लेख गरेको छ ।

घटनाको बेला ती व्यक्तिले किन भिडियो खिचिरहेका थिए भन्ने प्रष्ट भएको छैन । बेलिङक्याटले भने दुईवटा मिसाइल प्रहार भएको हुनसक्ने र त्यसैले ती व्यक्तिलाई भिडियो खिच्न प्रेरित गरेको हुनसक्ने बताएको छ । न्युयोर्क टाइम्सले पनि ‘गोली प्रहार गरेको जस्तो आवाज’ सुनेपछि ती व्यक्तिले भिडियो खिच्न सुरु गरेको उल्लेख गरेको छ ।

अलजजिराले उक्त भिडियोको स्वतन्त्र पुष्टि गर्न नसकेको जनाएको छ ।

इरानले भने विमानमाथि मिसाइल प्रहार गरेको आरोपको खण्डन गरेको छ । ‘यो सबै इरानविरुद्ध मनोवैज्ञानिक युद्ध हो । दुर्घटनामा ज्यान गुमाएका नागरिकका राज्यले आफ्नो प्रतिनिधि पठाउन सक्छन् र हामी बोइङलाई पनि ब्ल्याक बक्सको अनुसन्धान प्रक्रियामा सहभागी हुन अपिल गर्दछौँ,’ सरकारका प्रवक्ता अली राबेइलाई उद्धृत गर्दै इरानको सरकारी टेलिभिजनले जनाएको छ ।

त्यस्तै, इरानको विदेश मन्त्रालयका प्रवक्ता अब्बास मौसाभीले क्यानाडानलाई विमान दुर्घटनासम्बन्धी गुप्तचरको सूचना साझा गर्न आग्रह गरेको छ । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडेयुले बिहीबार इरानलाई दुर्घटनास्थलको अध्ययन गर्न क्यानाडेली र अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताहरुलाई अनुमति दिनुपर्नेमा जोड दिएका थिए ।

अमेरिकाले इरानका कुड्स फोर्सका कमान्डर कासेम सुलेमानीको हत्या गरेको बदलामा इरानले इराकस्थित अमेरिकी बेसमा मिसाइल हमला गरेको केही समयपछि विमान दुर्घटना भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप