शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नरहा गाउँपालिकाको आय–व्याय सार्वजनिक

शुक्रबार, २५ पुस २०७६, १६ : ५९
शुक्रबार, २५ पुस २०७६

सिरहा । नरहा गाउँपालिकाले दुई आर्थिक वर्षको आयव्याय सार्वजनिक गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष ०७४/७५ को २१ करोड ९६ लाख १ हजार ८ सय ४३ मध्ये १७ करोड ३६ लाख ३१ हजार ९ सय ७८ रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरेको छ । 

त्यस्तै आर्थिक वर्ष ०७५/७६ को १९ करोड ६४ लाख ९९ हजार ३ सय ८४ मध्ये १५ करोड ७० लाख ७८ हजार ६ सय खर्च भएको प्रतिवेदन लेखा अधिकृत आशिष कामतीले सार्वजनिक गरेका हुन् । प्रतिवेदनमा विकास खर्च समेत समेटिएको प्रमुख प्रशासकीय अधिकृत सुमित्रा लामाले जानकारी दिइन् ।

यसैबीच असन्तुष्ट जनप्रतिनीधिका कारण चालू आर्थिक वर्ष ०७६/७७ को परिषद् बस्न सकेको छैन । केही दलहरुको उस्काहटमा जनप्रतिनीधिहरुपनि बहकिँदा विकास निर्माणको काम अवरुद्ध भएको गाउँपालिका अध्यक्ष रामशरण दवले पत्रकार सम्मेलनमा बताए । उनले भने, ‘हामीसँग साधारणसभा गर्न स्पष्ट बहुमत छ, तर सबैलाई मिलाएर लाने भन्दाभन्दै साधारणसभा गर्न सकिएको छैन ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप