बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपति भण्डारीद्वारा अष्ट्रेलिया सरकार र नागरिकप्रति सहानुभूति प्रकट

शुक्रबार, २५ पुस २०७६, २२ : २५
शुक्रबार, २५ पुस २०७६

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अष्ट्रेलियामा डढेलोबाट भएको क्षतिप्रति त्यहाँको सरकार र नागरिकमा गहिरो समवेदना तथा साहनुभूति प्रकट गरेकी छिन् ।
    
अष्ट्रेलियाका गभर्नर जनरल डेभिड हुर्ररेलाई आज समवेदना सन्देश पठाउँदै राष्ट्रपति भण्डारीले त्यहाँको सरकार र जनताको सामूहिक प्रयासबाट आगलागी नियन्त्रण गर्न सफल हुने विश्वास व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ । डढेलोबाट ठूलो सङ्ख्यामा नागरिक विस्थापित हुनाका साथै तथा व्यापक सम्पत्ति क्षति भएको उल्लेख गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप