शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आगलागीमा बच्चा बचाउँदा किम परिवारको फोटो जल्यो, जेल सजायको सम्भावना

शनिबार, २६ पुस २०७६, ११ : ३०
शनिबार, २६ पुस २०७६

उत्तर कोरियामा एक महिलाको घरमा जब आगो लागि भयो तब उनी स्वभाविक रुपले आफ्नो बच्चालाई बचाउने काममा तल्लिन रहिन् । 

तर त्यस क्रममा घरमा सजाइएको किम जोङ सुङ र किम जोङ इलको तस्विर जल्न पुग्यो । 

उत्तर कोरियामा सबै परिवारले आफ्नो घरमा किम इल–सुङ र किम जोङ–इलको तस्विर लगाउनुपर्छ । 

यही महिना चीनको सिमानासँग जोडिएको नर्थ ह्यामयोङ प्रान्तको आनसान्गमा बसोबास गर्ने महिलाको घरमा आगजनी भएको थियो । 

ती महिला अर्को एक परिवारसँग मिलेर संयुक्त घरमा बस्थिन् । आगलागीको क्रममा दुवै परिवारले घरका मानव सदस्यलाई बचाउनमा ध्यान केन्द्रीत गरे । 

त्यसले गर्दा घरमा सजाइएको देशका ऐतिहासिक नेताको तस्विर जोगाउन सम्भव भएन । 
अहिले ती महिलामाथि कानुनी कारबाहीको सम्भावना रहेको सरकारी मिडियाले चर्चा गर्न थालेका छन् । 

आफूमाथि कारबाही हुने सम्भावनामाझ ती महिलाले आफ्नो घाइते बच्चा र आफ्नै उपचारका लागि अस्पताल जान सकेकी छैनन् । 

उत्तर कोरियाको कानुन अन्तर्गत किम परिवारका सबै सदस्यलाई सम्मान दिनु अनिवार्य छ । तिनको फोटोलाई उचित सम्मान दिन असफल हुनुलाई राजनीतिक अपराध मानिन्छ । 

उत्तर कोरियामा ती व्यक्तिलाई नायकको रुपमा प्रस्तुत गरिन्छ जो डडेलो वा बाढीको समयमा पनि किम परिवारका फोटालाई सुरक्षित आफूसँग लिएर निस्कन्छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप