केन्द्रीय संस्करण

एकीकृत अखण्ड नेपालका रचयिता श्रीखण्ड पुरुष !

person explore access_timeपुस २७, २०७६ chat_bubble_outline0

विश्व राजनीतिक रङ्गशालाका रणनीतिमा कुशल, चतुर, बहादुर खेलाडीमध्ये एकीकृत विशाल अखण्ड नेपालका परिकल्पनाकार पृथ्वीनारायण शाह अग्र लहरमा आउँछन् । १७७९ पुस २७ गते गोरखाका राजा नरभूपाल शाहकी माइली महारानी कौशल्यावतीको गर्भबाट सातै महिनामा आँखा खोलेका थिए पृथ्वीनारायण शाहले । पाल्पाका राजा गन्धर्वसेनकी छोरी थिइन् कौशल्या । जेठी महारानी चन्द्रप्रभा निःसन्तान भएकीले राजा नरभूपालले लगत्तै कौशल्यालगायत अन्य दुई रानी पनि बिहे गरेका रहेछन् । जेठी महारानी चन्द्रप्रभाको स्याहार सुसारमा पृथ्वीनारायणको बाल्य जीवन हुर्कियो ।

दरबारिया सुखसयलभन्दा पृथक् वातावरण दिएर नैतिकवान्, धर्मपरायण, लगनशील र अध्ययनशील बनाउँदै जनतासित घुलमिल हुने परिवेश बनाइयो उनलाई । सानैदेखि कुस्ती, पौडी, खेलकुदमा रुचि राख्ने उनको आदत थियो । महाभारत, रामायण, चाणक्यनीति, मनुस्मृति, शुक्रनीति तथा सप्तसती ग्रन्थहरुको अध्ययनले उनको बौद्धिक क्षमता चम्किँदै गयो । धनुकाँड, खुकुरी, तरबार, भाला, बर्छा चलाउने सीपको पनि उनमा मनग्गे विकास भयो । दरबारमा पण्डित र गुरुहरुको स्थान उच्च थियो । उनका कुलगुरु कुलचन्द्र ढकाल साह्रै सक्षम भएको प्रमाण भेट्टाइन्छ ।

सोह्र वर्ष टेक्दैमा उनको लगनगाँठो मकवानपुरका राजा हेमकर्णसेनकी छोरी इन्द्रकुमारीसित हुने निधो भयो । तर विवाहको बेला झगडा परेकाले श्रीमती नै नलिई फर्किए । लगत्तै दुई वर्षपछि अभिमानसिंह बस्नेतकी छोरी नरेन्द्रलक्ष्मीसित दोस्रो बिहे सम्पन्न भो । जो बनारसका वैश्य राजपूतकी छोरी थिइन् । पृथ्वीनारायण शाह मकवानपुर र गोर्खा आवत जावत गर्दा चन्द्रागिरिको डाँडोबाट उपत्यकाका रमणीय राज्य देखेर त्यहाँको राजा बन्ने महत्त्वाकाङ्क्षाले उनको मनमगजमा अड्डा जमायो । यसै क्रममा उपत्यकाको अवस्था  थाहा पाउन आफ्ना बुबाको प्रतिनिधित्व गर्दै भक्तपुरको भ्रमण गर्न गए । त्यहाँका तत्कालीन राजा रणजित मल्ललाई गोर्खादरबारबाट पठाइएको विशेष पगरी प्रदान गरे । त्यसको कदर गर्दै राजा रणजित मल्लले आफ्ना राजकुमार वीरनरसिंह मल्लसित मित लगाइदिएर गोर्खा राज्य र भादगाउँको सम्बन्ध अझ सुमधुर बनाए । लामो समय मित्रको दरबारमा विशेष पाहुना भई बसेका उनले पशुपतिनाथ, गुह्येश्वरी, चाँगुनारायण र अन्य तीर्थ क्षेत्रको घुमफिर गरी उपत्यकाका तीनवटै राज्यको गुह्य कुरा पत्ता लगाए । तत्कालीन काठमाडौँका राजा जयप्रकाश मल्लले पनि पृथ्वीनारायणलाई राजकीय सम्मानका साथ आफ्नो दरबारको प्रमुख अतिथि बनाएको कुरा इतिहासकारहरुले उल्लेख गरेका छन् ।


पृथ्वीनारायण उपत्यका विजय गर्ने हुटहुटीले वि.सं. १८०० मा नुवाकोट आक्रमण गर्न पुगे । किनकि उपत्यकाका राज्यहरुमा आर्थिक सङ्कट पैदा गराउन प्रमुख व्यापारिक केन्द्र नुवाकोट हातलागी गर्नु उनको सङ्ग्रामनीति थियो । त्यो बेला नेपाल भोट व्यापार निकै उत्कर्षमा पुगको हुँदा त्यो मार्ग आफ्नो पकडमा पार्न उनी लालायित भएका हुन् ।


यही वर्ष १७९९ चैत १५ गते नरभूपाल शाहको दुःखद अवसान हुन गयो । २० वर्षको उमेरमा पृथ्वीनारायणले गोरखाको राजगद्दीको लगाम समाते । आपूm राजा हुने बित्तिकै राज्यविस्तारको तीव्र इच्छा उनमा जागा बन्यो । त्यसैले मकवानपुरसित मित्रता कायम गर्न पुनः जेठी महारानी सकार्न तयार भई  लगत्तै मकवानपुर हानिए । किनकि उपत्यका हान्न आसपासका राजाहरु हात लिन साम, दाम, दण्ड, भेदजस्ता नीतिको अनुपालन गर्नु उनको रणनीति थियो । तर ससुरालीमा अर्थात् हेमकर्णको दरबारमा पुग्दा त्यहाँका सिपाहीहरुले जुत्ता नफुकाली सलाम गरेकोमा आपूm अपमानित भएको ठानी रित्तै फर्किए । केही इतिहासकारहरुले त ती सिपाहीलाई पृथ्वीनारायणले वध गराएको कुरा पनि भेटिन्छ । यो काण्डले मकवानपुर र गोर्खा राज्यको सम्बन्ध झनै चिसियो ।

पृथ्वीनारायण उपत्यका विजय गर्ने हुटहुटीले वि.सं. १८०० मा नुवाकोट आक्रमण गर्न पुगे । किनकि उपत्यकाका राज्यहरुमा आर्थिक सङ्कट पैदा गराउन प्रमुख व्यापारिक केन्द्र नुवाकोट हातलागी गर्नु उनको सङ्ग्रामनीति थियो । त्यो बेला नेपाल भोट व्यापार निकै उत्कर्षमा पुगको हुँदा त्यो मार्ग आफ्नो पकडमा पार्न उनी लालायित भएका हुन् । तर सैनिक सङ्गठन मजबुत नभएको कारण उनी असफल भए । लगत्तै गोर्खा फर्किएर सैन्य सङ्गठनलाई सबलीकरण गर्नतिर लागे । गोर्खामै बन्दुक बनाउने कार्खाना खोलेर केही विज्ञहरु झिकाई सैनिकहरुमा आधुनिक तालिमको परिबन्द मिलाए । लगत्तै काशीयात्रा गरे । त्यहाँ उनले आफ्नो भारतद्वाज गोत्र त्याग गरेर काश्विप गोत्रमा रूपान्तरण भए । त्यसक्रममा  हातहतियार पनि मनग्गे लिएर गोर्खा फर्किए । बिसे नगर्चीको अर्तीलाई अनुशरण गरेरै उनी केही चन्दा सामान्य जनतासित मागेर हतियार लिन गएको रोचक घटना छ, जसले पृथ्वीनारायणको जनतासित एकाकार हुने जनवादी राजनेताको झलक प्रष्ट पार्दछ ।


जसरी पर्सियाबाट जर्मनी साम्राज्य, सर्डिनियाबाट इटाली अनि बेसेक्सको माध्यमले ब्रिटेन साम्राज्यको उत्पत्ति भयो त्यसै गरी नेपालमा पनि गोर्खाबाट एकीकृत विशाल नेपालको अभियान थालनी भएको हो । बाइसे, चौबीसे, पल्लो किराँत, माझ किराँत, सेन राज्यहरुमा भएका असङ्ख्य रजौटाहरुलाई क्रमशः जित्दै एकीकृत अखण्ड नेपालको श्रीखण्ड बन्ने उनको सपना धेरै प्रतिशत सफल भयो ।


१८०१ असोज १५ गते सङ्गठित सेनाले नुवाकोटको युद्धमोर्चा संहाल्यो । गोर्खाली फौजले विजयको सिन्दुर पहिरिए । यसले पृथ्वीनारायणमा हौसला थप्यो । १८१४ मा उनी कीर्तिपुर हातलागी गर्न दलबलसहित युद्धमोर्चाको कमान्ड सम्हालेर लागेगम्भीर नोक्सान बेहोर्नुपर्‍यो । सात वर्षपछि पुनः कीतिपुरमा आक्रमण गरे त्यो पनि असफल भयो । लगत्तै १८२२ चैत २ गते तेस्रो आक्रणमा कीर्तिपुर राज्य लिन सफल हुन पुगे । १८२५ असोज १३ गते इन्द्रजात्राको दिन पारी काठमाडौँ पनि जिते । अर्को वर्ष भक्तपुर कब्जा गरी नेपालको सीमा पूर्वमा सिक्किमसम्म पुर्‍याए । पश्चिम विजय अभियान भने खासै अगाडि बढेको थिएन तर नयाँ नयाँ रणनीति बनाउँदै थिए उनी । यसरी पूर्वमा त्रिशूली पश्चिममा मस्र्याङ्दी र चेपे, उत्तरमा हिमालय पर्वत दक्षिणमा पर्सादेखि झपासम्मको भूभाग आफ्ना उत्तराधिकारीलाई सुम्पन सफल भए ।

जसरी पर्सियाबाट जर्मनी साम्राज्य, सर्डिनियाबाट इटाली अनि बेसेक्सको माध्यमले ब्रिटेन साम्राज्यको उत्पत्ति भयो त्यसै गरी नेपालमा पनि गोर्खाबाट एकीकृत विशाल नेपालको अभियान थालनी भएको हो । बाइसे, चौबीसे, पल्लो किराँत, माझ किराँत, सेन राज्यहरुमा भएका असङ्ख्य रजौटाहरुलाई क्रमशः जित्दै एकीकृत अखण्ड नेपालको श्रीखण्ड बन्ने उनको सपना धेरै प्रतिशत सफल भयो । पृथ्वीनारायणको विजय अभियान सफल हुनुमा उनको फौजी कमान्डको कला, साहस, दृढ निश्चयी स्वभाव, युद्धमैदानमा आफ्ना सेनासँगै उपस्थित हुने बानी हो । यही वीरतालाई कदर गरेर तत्कालीन दिल्लीका बादशाहले १८२७ वि.सं.मा ‘बहादुर शमशेर जङ्ग’को विशेष उपाधि दिएका थिए । नेपाली, संस्कृत, नेवारी र अन्य राष्ट्रभाषाहरुको विकासक्रम उनैका पालादेखि सुरुवात भएको हो । नेपाली साहित्यमा वीर रसको लेखन उनकै समयको उब्जनी हो । उनी भन्थे–अङ्ग्रेजहरुसित पहिला बाइबल आउँछ, त्यसपछि बन्दुक’, त्यसैले यो तागतसित मित्रता राख्ने तर होसियार रहने ! यही मान्यता थियो । सीप सिक्न विदेश जानू अनि देशमा आएर त्यसलाई प्रयोग गर्नू, उनको दिव्य उपदेश थियो । प्रजा मोटा भया दरबार बलियो हुन्छ, नेपाल दुई ढुङ्गाबीचको तरुल हो, जाइ कटक नगर्नू, झिकीकटक गर्नू, नेपाल चार वर्ण छत्तीस जातको फूलबारी हो, सबैलाई चेतना भया । न्यायनिसाफ बिगार्ने भनेका घुस दिने र घुस लिने हुन्, जस्ता दिव्य उपदेश आपूm मर्ने बेलामा सबै भाइभारदार जम्मा गरी बताएका हुन् । वि.सं. १८३१ माघे सक्रान्तिको दिन त्रिशूली र तादी नदीको पावन सङ्गम स्थल ‘मोहन तीर्थ’ देवीघाटमा नौ दिनसम्म जलाश्रयमा रही उनको अवसान हुन गयो । त्यतिबेला उनी बाउन्न वर्षका मात्र थिए । जर्मन एकीकरणका अवतार पुरुष विस्मार्क, भियतनामका हो चिमिन्ह, चीनका सनयातसेनको जुन स्थान विश्व राजनीतिक रङ्गमञ्चमा छ त्यही स्थान नेपाल राष्ट्रमा पृथ्वीनारायणको छ । त्यसैले त उनी बडामहाराजधिराजमा सम्मानित भएका । उनी नेपालका राष्ट्रिय विभूति हुन् । 

जय पृथ्वीनारायण !!!

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.