राजधानीका विभिन्न स्थानबाट २० जुवाडे पक्राउ
काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट २० जना पक्राउ परेका छन् । काठमाडौंको नागर्जुन नगरपालिका-४ बाफलबस्ने ३५ वर्षीय सुर्यमान श्रेष्ठको सुमन गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा श्रेष्ठ लगायत ६ जनालाई नगद ७४ हजार ८ सय ५० रुपैयाँ र १ बुक तास सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई जुवातास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
यसैगरी, चन्द्रागिरी नगरपालिका-३ थानकोटस्थित टहरोमा जुवातास खेलिरहेको अवस्थामा सोही स्थान बस्ने ३० वर्षीय हरि श्रेष्ठ लगायत ७ जनालाई नगद ३१ हजार ५ सय ३५ रुपैयाँ र ३ बुक ताससहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरूलाई जुवातास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
यसैगरी, चन्द्रागिरी नगरपालिका-६ महादेवस्थान बस्ने ५० वर्षीय दल कुमार एडीको घरमा जुवातास खेलिरहेको अवस्थामा एडी लगायत ७ जनालाई नगद ७० हजार रुपैयाँ र ४ बुक तास सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरूलाई जुवातास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै