बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पृथ्वी जयन्तीमा दिइएन सार्वजनिक बिदा

आइतबार, २७ पुस २०७६, १३ : ३५
आइतबार, २७ पुस २०७६

काठमाडौँ । नेपाल एकीकरणका नायक पृथ्वीनरायण शाहको सम्झनामा आइतबार देशैभर २९८ औं पृथ्वी जयन्ती मनाइदै छ । 

वि.सं. १९७९ पुस २७ गते गोरखाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रुपमा जन्मिएका शाहले स–साना राज्यलाई एकीकरण गरी आधुनिक नेपालको निर्माण गरेका थिए । 

 भौगोलिक रुपमा छरिएर रहेका बाइसे–चौबीसे राज्यहरुलाई एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माता पनि भन्ने गरिन्छ । राष्ट्र निर्माता शाहको २९८ औं जन्मजयन्तीका अवसरमा आइतबार मुलकुभर विभन्नि कार्यक्रम गरी पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै छ । 

राजधानी काठमाडौंमा पनि विभिन्न कार्यक्रम गरी एकता दिवस एवं पृथ्वी जयन्ती मनाइएको छ । पृथ्वी जयन्तीको अवसरमा विगतमा सरकारले सार्वजनिक विदा दिने गरेपनि केही वर्षयता विदा कटौती गरेको छ । तर नागरिक स्तरबाट भने हरेक वर्ष पुष २७ गते पृथ्वी जयन्ती मनाइँदै आएको छ । त्यस्तै नेपाली सेनाले पृथ्वीनरायण शाहको सम्झनामा गोरखाबाट सुरु गरेको पदयात्रा पनि सिंहदरबार अगाडि आएर समापन गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप