बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

व्यवसायीहरुलाई कर कार्यालयका कर्मचारीहरुले राम्रो व्यवहार नगरेको गुनासो

आइतबार, २७ पुस २०७६, १६ : ४२
आइतबार, २७ पुस २०७६

काठमाडौँ । कर तिर्ने व्यवसायीहरुलाई कर कार्यालयका कर्मचारीहरुले राम्रो व्यवहार नगरेको व्यवसायीहरुले गुनासो छन् । 

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल आवद्ध व्यवसायीहरुले आइतबार आन्तरिक राजश्व विभागका अधिकारीहरुलाई भेट गरी आफूहरुमाथि कर्मचारीहरुले राम्रो व्यवहार नगरेको बताएका हुन् । 

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालले कानून बनाएर व्यववसायीलाई कडाई गर्ने तर कर कार्यालयले आफ्नो व्यवहारमा सुधार नगरेको बताए ।  त्यस्तै आन्तरिक राजश्व विभागले अनुगमनका क्रममा सबै विषयमाथि राम्रोसँग अध्ययन नगरी विषयहरु सार्वजनिक गरेकाले व्यवसायीको बद्नाम हुने गरेको समेत बताए । 

अध्यक्ष दुलालले खुला बजार अर्थतन्त्रमा सरकारले वस्तुको मूल्य निर्धारण गर्ने नीति लिन नहुने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप