शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

भन्सार छली ल्याएका विभिन्न कम्पनीका ७५ थान मोबाईल बरामद

आइतबार, २७ पुस २०७६, १८ : ०८
आइतबार, २७ पुस २०७६

महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलीले भन्सार छली ल्याएका विभिन्न कम्पनीका ७५ थान मोबाईल बरामद गरेको छ । 

 नागढुंगा चेक प्वाइन्टमा बीरगन्जबाट काठमाण्डौ आउदै गरेको ना.६ ख १५३४ नम्बरको यात्रु बाहक बसलाई चेकजांच गर्ने क्रममा बसमा सिटमुनि लुकाई ल्याएको अवस्थामा आइफोन मोबाईल ११ थान २, ओप्पो लेखिएको मोबाईल बिभिन्न मोडलको थान २२, भिभो लेखिएको मोबाईल थान ३६ , रेडिम लेखिएको बिभिन्न मोडलको मोबाईल थान १३ र सामसुङ लेखिएको मोबाईल थान २ समेत  गरी जम्मा थान ७५, मोबाईलहरु बिल भर्पाई नभएको अवस्थामा बरामद गरीएको प्रहरीको भनाइ छ । ती मोबाइल आवश्यक अनुसन्धान लागि भन्सार कार्यालय सानो गौचरण पठाईएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप