बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

एन प्याब्सनले थाल्यो सुरक्षित विद्यालय अभियान

आइतबार, २७ पुस २०७६, २१ : ५२
आइतबार, २७ पुस २०७६

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल (एन प्याब्सन)  ले आफ्ना सदस्य विद्यालयमा सुरक्षित विद्यालय अभियान शुरु गरेको छ । एन प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले राष्ट्रिय अटोमोबाइल डिलर्स एशोसिएशन (नाडा) को सहयोगमा राजमार्ग वरपरका विद्यार्थीलाई सवारी दुर्घटना जोखिमबाट बच्ने विषयमा सचेतना पनि गरिने बताए । राजमार्ग नजिक रहेका विद्यालयबाट शुरु गरिएको यो अभियान क्रमशः विस्तार हुने सो संस्थाले जनाएको छ । विसं २०७२ को गोरखा भूकम्पपछि सरकारले सुरक्षित विद्यालयसम्बन्धी नीतिमा प्राथमिकता दिएको सन्दर्भमा एन प्याब्सनले पनि आफ्नो तर्फबाट अभियान सञ्चालन गरेको हो । 

संस्थाको २२औँ स्थापनाका अवसरमा आज आयोजित कार्यक्रममा उनले शिक्षक कर्मचारीको औषधोपचार बीमा, विद्यार्थी बीमा र विद्यार्थीको निःशुल्क आँखा जाँच कार्यक्रमको निरन्तरता दिइएको जानकारी दिए। 

संस्थाले सदस्य विद्यालयको विवरण अद्यावधिक गर्न ‘इमार्क’ को सहयोगमा आजदेखि नेसनल प्याब्सन एपको शुभारम्भ गरिएको छ । स्थापनको दिवसको कार्यक्रममा संस्थाका पूर्वअध्यक्षहरु गीता राणा, कर्णबहादुर शाही, संस्थापक महासचिव अर्जुनबहादुर अधिकारीलगायत सहभागी भई केक काटेर शुभकामना आदानप्रदान गरेका थिए । निजी लगानीमा सञ्चालित विद्यालयको संरक्षण र संवद्र्धन तथा संस्थापकको स्वामित्व स्थानान्तरण हुँदै जाने अधिकार सुनिश्चित गर्न विसं २०५४ मा एन प्याब्सनको स्थापना भएको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप