नेयमारले दुई गोल गरेपनि पीएसजी बराबरीमा रोकियो
नेयमारले दुई गोल गरेपनि साविक विजेता पेरिस सेन्ट जर्मन (पीएसजी) फ्रेन्च लिग वान फुटबलमा मोनाकोसँग बराबरीमा रोकिएको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा पीएसजी मोनाकोसँग ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । प्रतिस्पर्धात्मक खेलमा पीएसजीका लागि नेयमारले दुई गोल गरे । पीएसजीले अर्को गोल मोनाकोबाट उपहार पाएको थियो । मोनाकोका गिल्सन मार्टिन्स, विसाम विन यडर र इस्लाम स्लिमानीले गोल गरे ।
नेयमारले खेलको तेस्रो मिनेटमै खाता खोलेका थिए । साँतौ मिनेटमा मोनाकोटा गिल्सनले गोल गर्दै खेललाई बराबरीमा ल्याए । १३औं मिनेटमा विसाम विन यडरले गोल गर्दै मोनाकोलाई अगाडी बढाए । २४औं मिनेटमा फोडे बालोको प्रहार आत्मघाती गोलमा परिणत भएपछि खेल पुनः बराबरी भयो ।
४२औं मिनेटमा नेयमारले पेनाल्टीमा गोल गर्दै पीएसजीलाई अगाडी बढाए । ७०औं मिनेटमा मोनाकोका इस्लाम स्लिमानीले गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यसपछि दुवै टोलीले गोल गर्न नसक्दा खेल बराबरीमा सकियो । बराबरीसँगै शीर्ष स्थानमा रहेको पीएसजीले १९ खेलबाट ४६ अंक बनाएको छ । २९ अंक बनाएको मोनाको आठौं स्थानमा छ । दोस्रो स्थानमा रहेको मार्सेलीको ४१ अंक छ । मार्लेलीले एक खेल बढी खेलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टी–२० क्रिकेट : तस्बिरमा हेर्नुहोस् आयरल्याण्ड र नेपालबिचको खेल
-
पार्टी एमालेलाई बुझाएर प्रचण्ड राष्ट्रपति बन्छन् : रामकुमार शर्मा, पूर्वमाओवादी नेता
-
दोस्रो सातामा ‘महाजात्रा’
-
स्वास्थ्य सेवा अन्तर्गतका ११ जना अधिृकतलाई बढुवा गर्ने सरकारको निर्णय
-
संसद् अवरोध हटाउन दलहरूबिच छलफल हुन्छ : सभामुख घिमिरे
-
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिन अध्यक्ष श्रेष्ठको निर्देशन