बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा ४ जनाको मृत्यु

सोमबार, २८ पुस २०७६, १३ : ०२
सोमबार, २८ पुस २०७६

काठमाडौं। कपिलवस्तु, धनुषा, पाल्पा र रामेछापका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । 

कपिलवस्तुको कपिलवस्तु नगरपालिका-७ धरमपनियास्थित सडकमा लु.१ ख ६९१३ नम्बरको बस अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा बसमा सवार रुपन्देही रोहणी गाउँपालिका-५ बस्ने ३५ वर्षीया प्रमोवती पाण्डेको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका १४ जनालाई उपचारको लागि जिल्ला अस्पताल तौलिहवा पठाइएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

धनुषाको नगराईन नगरपालिका-२ जटही अस्पतालस्थित सडकमा ज.३ प ८८४७ नम्बरको मोटरसाइकलको चेनमा साडी फसेर आइतबार साँझ दुर्घटना हुँदा जनकपुर उपमहानगरपालिका-४ शान्तीनगर बस्ने ५५ वर्षीया माध्यमी देवी ठाकुरको मृत्यु भएको  छ । दुर्घटनामा गम्भीर घाइते भएकी ठाकुरको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको रहेको छ ।  

पाल्पाको  तिनाउ गाउँपालिका-४ लोच्चगोठमा लु.२ त ७२५७ नम्बरको ट्याक्टर सडकबाट करिब ७ मिटर तल खसेर आइतबार साँझ दुर्घटना हुँदा ट्याक्टर चालक नवलपरासी पश्चिम तिलकपुर-५ बस्ने ३२ वर्षीय पुस्पराज थारुको घटनास्थलमै मृत्यु भएको छ । 

रामेछापको मन्थली नगरपालिका-११ भट्टारस्थित सडकमा आइतबार साँझ ज.१ त ९०७५ नम्बरको गुडिरहेको ट्याक्टरबाट खसेर गम्भीर घइते भएका ट्याक्टरमा सवार सोही नगरपालिका नाटिला बस्ने ६४ वर्षीय  रिपु लामिछाने मगरको तामाकोसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप