शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

एनआरटीसँग हार्‍यो पुलिस

सोमबार, २८ पुस २०७६, १४ : २७
सोमबार, २८ पुस २०७६

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विभागीय टोली नेपाल पुलिस क्लब एनआरटी क्लबसँग पराजित भएको छ । दशरथ रंगशालामा सोमबार भएको खेलमा एनआरटीले पुलिसललाई १–० गोलले हरायो । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

पुलिसले पहिलो हाफमा राम्रा गोल गर्ने अवसर गुमायो । दोस्रो हाफमा सुधारिएको खेल खेलेको एनआरटीले ७६ औं मिनेटमा निर्णायक गोल गरेको थियो । एनआरटीका लागि दर्शन गुरुङले गोल गरे । 

दर्शनले राजेश परियारको पासमा उत्कृष्ट गोल गरेका थिए । एनआरटीका मिडफिल्डर एरिक बिष्ट म्यान अफ दी म्याच भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए । जितसँगै एनआरटी अंक तालिकाको छैटौं स्थानमा उक्लिएको छ । एनआरटीले ६ खेलमा ८ अंक बनाएको छ । समान ८ अंक बनाएको पुलिस सातौं स्थानमा छ । एनआरटी गतबर्षको लिगमा अन्तिममा रहेका कारण दुई अंक घटाईएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप