बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नापी सर्वेक्षक घुससहित समातिए

सोमबार, २८ पुस २०७६, १७ : ५३
सोमबार, २८ पुस २०७६

काठमाडौँ । नापी कार्यालय बेलवारी मोरङमा कार्यरत सर्भेक्षक दिनेशकुमार साह ७ हजार घुससहित पक्राउ परेका छन् । 

 जग्गा नापी गरी सिमाङ्कन गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिको टोलीले उनलाई पक्राउ गरेको हो । 

 सर्भेक्षक साहलाई घुसर लिइसकेको अबस्थामा बेलवारी नगरपालिका वडा नम्बर १० स्थित भाउन्ने चोकबाट नियन्त्रणमा लिइएको अख्तियार प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप