शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

साग पदक विजेता बक्सर सम्मानित

सोमबार, २८ पुस २०७६, १८ : ४२
सोमबार, २८ पुस २०७६

काठमाडौं । एक्स बक्सर ग्रुप मकाउले १३औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्न सफल बक्सिङ खेलाडीलाई सोमबार नगदसहित सम्मान गरेको छ । सागमा बक्सिङले ३ स्वर्ण, ६ रजत र उत्तिनै कांस्य जितेको  थियो ।

ग्रुपले स्वर्ण विजेता मिनु गुरुङ, भूपेन्द्र थापा र सनिल शाहीलाई जनही २० हजार, रजत जितेका ललिता महर्जन, माला राई, संगीता सुनार, पुनम रावल, गणेश प्रधान र आशिष दवाडीले जनही १५ हजार र कांस्य विजेता सुशील थापा, तेजबहादुर देउवा, पुरन राई, विकास लामा, अर्जुन सिगु र चन्द्रकला थापालाई जनही १० हजार रुपैयाँ पुरस्कार प्रदान गरेको हो ।

सोही अवसरमा नेपाल बक्सिङ संघले सागमा पदकविहीन खेलाडी दीपक श्रेष्ठ, प्रशिक्षक, निर्णायक र व्यवस्थापकलाई सम्मान गरेको छ । संघले दीपक श्रेष्ठलाई १० हजार तथा प्रशिक्षकहरु प्रकाश थापा मगर, एलिसेर राखिमुभ, प्रवीण तुलाधर, दम्बर दत्त भट्ट, किशोर लिम्बू, दीपक महर्जन र सुरेश मल्ललाई जनही पाँच हजार रुपैयाँ र प्रशंसा पत्रबाट सम्मान गरेको हो ।

साग खेलाडी सम्मानका लागि पूर्व बक्सर सिन्धुपाल्चोक जिल्ला बक्सिङ संघका अध्यक्ष मानबहादुर भण्डारीले मकाउमा रहेका पूर्व बक्सर मानबहादुर श्रेष्ठ मार्फत पुरस्कारका लागि पहल गरेका थिए । श्रेष्ठले नै मकाउमै रहेका अन्य पूर्व बक्सरलगायतसंग पुरस्कार रकम संकलन गर्न समन्वयकारी भूमिका निर्वाह गरेको बताइएको छ । श्रेष्ठसहित सहयोग गर्नेमा सुवास थापा मगर, निमबहादुर रेउले, टीकाराम भण्डारी, प्रभुदास थापा मगर, तेजबहादुर चन्द, उद्धव कुँवर, श्याम गिरी, चित्रबहादुर गुरुङ, राजन डंगोल, पदम पन्त, घनश्याम ओली, विकास परियार, महेश रिजाल, मानबहादुर भण्डारी, अजित गुरुङ र विष्णु श्रेष्ठ रहेका छन् । अमेरिकामा बस्दै आएका ध्रुवलाल श्रेष्ठ र विजय डंगोलले पुरस्कार रकममा सहयोग गरेका थिए । एक्स बक्सर ग्रुप मकाउले विगत १७ वर्षदेखि खेलाडीलाई सम्मान, खेलाडीको उपचारलगायतका कार्यमा सहयोग गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप