बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

भारतको बिस्तारवाबिरुद्ध नेविसंंघले निरन्तर अभियान सञ्चालन गर्छ : कुन्दनराज काफ्ले

सोमबार, २८ पुस २०७६, २० : २७
सोमबार, २८ पुस २०७६

अतरिया ।  प्रमुख प्रतील पक्षी दल नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)द्वारा सचालित  ‘चिनौ सिमाना , जोगाऔ माटो’ अभियान अन्तर्गत कैलालीको अतरियामा नेपालको वास्तविक नक्शा  कोर्ने कार्यक्रम भएको छ । 

नेपालको भूमि  लिपियाधुर, लिपुलेक र कालापानी  भारतले आप्नो राजनीतिक नक्सामा राखेपछि नेविसंघले काठमाडांैको बसन्तपुरबाट सुरु गरेको अभियान सातवटै प्रदेशमा समेत पर्याएको छ । 

सोही अनुसार सोमबार सुदूरपश्चिम प्रदेशस्थित कैलालीको अतरियामा विद्यार्थी नेपालको वास्तविक नक्सा कोर्न सिकाइएको हो । उक्त कार्यक्रममा नेविसंघका निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेले सातवटै प्रदेशका विद्यार्थीले कोरेको नेपालको वास्तविक नक्सा राष्ट्रपतिलाई बुझाउने बताए । साथै उनले नेपालको भूमि भारतले फिर्ता नगरे यस विषयलाई सयुक्त राष्ट्र संघमा पुर्‍याउनेमा जोड दिए । 

 काफ्लेले भने, ‘नेपालमा विभिन्न पटकभएको जनगणना, सर्बेक्षणले पनि लिपियाधुर, लिपुलेक र कालापानी नेपालको हो । त्यसैले यो मिचिएको भुमी फिर्ता नहुँदासम्म यो अभियान निरन्तर रहनेछ । नेविसंघले भारतको बिस्तारबाद र दादागिरिबिरुद्ध निरन्तर अभियान सञ्चालन गरि रहने छ ।’

कार्यक्रममा नेविसंघ केन्द्रीय सदस्य नुप बहादुर सुनारले भारतले कैलाली कञ्चनपुरमा दिन दिनै सीमा अतिक्रम भइरहेको बताए । उक्त कार्यक्रममा नेविसंघका क्षेत्रीय सभापती गणेश शाह ,पदम ओझा  दुर्गा कापडी दिपक ओझाले आफ्नो मन्तब्य राखेका थिए । 

कार्यक्रममा अतरिया चोकामा बिभिन्न स्थानबाट आएका विद्यार्थीले मिचिएको सिमाना फिर्ता गर, भारतीय बिस्तारबाद मुर्दावाद लगायतका नारा लगाएका थिए । कार्यक्रममा सहभागी विद्यार्थीलाई नेपालको वास्तविक नक्सा कोर्न लागाई आयोजकले वास्तविक नक्सा समेत सार्बजनिक गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप