केन्द्रीय संस्करण

जबरजस्ती करणीको आरोपमा चर्चका पाष्टर बिश्वास जोशी पक्राउ

person explore access_timeपुस २८, २०७६ chat_bubble_outline1
सांकेतिक तस्बिर

काठमाडौं । ललितपुर कुसुन्तीस्थित आशा विश्वासी मण्डली चर्चका पाष्टर  बिश्वास जोशी भन्ने ध्रुवबाबु जोशी जबरजस्ती करणी सम्बन्धी कसुरमा पक्राउ परेका छन् । पीडित महिलाको लिखित जाहेरी आधारमा ललितपुर प्रहरीले सोमबार पाष्टर  जोशीलाई नियन्त्रणमा लिएको हो । 

पीडितको उजुरीमा भनिएको छ, ‘बिरामी परेकाले सो चर्चमा गए पश्चात् राम्रो हुन्छ भन्ने बिश्वास लागि आशा विश्वासी मण्डली चर्चमा प्रार्थना गर्न जाने सिलसिला सो चर्चका पास्टर भन्ने व्यक्तिले मलाई भेटी तिमीले नराम्रो काम गरेको कारण तिमीलाई  रोग लागेको हो। सो पाप मेटाउनको लागी तिमीले म सँग शारिरीक सम्पर्क गर्नुपर्छ भनि म प्रार्थना बस्दा परमेश्वरले मलाई भन्नु भएको छ। त्यस्तैले तिमीले मसँग शारिरीक सम्पर्क गर्नुपर्छ र तिमीले गरेको पाप नास भएर जान्छ’

पीडित महिलाले आफूलाई ललाई फकाई बिश्वास दिलाई बिगत ३ महिनादेखि जबरजस्ती करणी गरेको जनाएकी छन् । ‘पहिले पटक ललितपुर जिल्ला ललिपुर महानगरपालिका अन्तर्गत चापागाँउमोडको एक गेष्ट हाउसको कोठामा बोलाई मेरो ईच्छा विपरीत ढोका बन्द गरी निज पाष्टरले मलाई करणी गर्नुभयो । मैले तिमीलाई शारिरीक सम्पर्क गरेको कुरा कोही कसैलाई भनेमा मलाई परमेश्वरले दिएको शक्ती नास भएर जान्छ, तिमीले कसैलाई भनेमा तिमीलाई जे पनि गर्छु भनि धम्की दिई आएक,’ उजरीमा उल्लेख छ ।

दोस्रो पटक आफुले संचालन गरेको पसलमा आई जबरजस्ती करणी गरेको पीडितको भनाइ छ । अस्विकार गर्दा तिमीले मसँग पहिला पनि शारिरीक सम्पर्क गरी सकेका छौँ तिम्रो परिवार तथा साथीभाईलाई चर्चमा हल्ला गरी दिन्छु भनी डरत्रासमा पारी पुनः सोही पसलको कोठामा जबरजस्ती करणी गरेको उजरीमा भनिएको छ ।

अन्तिम पटक पुसको महिनाको पहिलो हप्तातिर सोही पसल कोठामा डर,त्रास र दवादमा पारी जबरजस्ती करणी गरेको पीडितको लिखित जाहेरी जनाइएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

  1. Jan. 14, 2020, 6:04 a.m. Arjun
    बास्तबिक समाचार लेख्नु होला महोदय नभय यात्र यहि समाप्त होला हामी तपाईं लाई राम्ररी चिन्दछो
  2.  0 Reply

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.